×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१० तस्विरमा हेर्नुहोस् थप प्रमाण : ‘चन्द्रागिरीमा बनाइएको मन्दिर भालेश्वर महादेवको हुँदै होइन’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चन्द्रागिरी हिल्स लिमिटेडले बनाएको मन्दिरलाई उसैले इक्षापुरेश्वर नाम दिएको छ । तर जनताको आँखामा छारो हालेर कम्पनीले उक्त मन्दिरनै भालेश्वर महादेवको मन्दिर भन्दै दुष्प्रचार गरिरहेको छ । यसका विषयमा हामीले पटक पटक आवाज उठाईरहेका छौं । र अन्तत हामीले भालेश्वर महादेवको मन्दिरभित्र रहेको महादेवको तस्विर लिएका छौं । जसबाट उक्त मन्दिर भालेश्वर महादेवको मन्दिर होइन भन्ने पुष्टी गरेको छ । र हामीले भालेश्वर महादेवको सक्कली मूर्तिको पनि तस्विर लिएका छौं । जुन चन्द्रागिरी हिल्स पुग्नेहरुले हत्तपत्त देख्दै देख्दैनन् । 
चन्द्रागिरी हिल्स लिमिटेडले भालेश्वर मन्दिर भनेर दुष्प्रचार गरिरहेको यो मन्दिर भालेश्वर महादेको होइन । व्यावसायिक प्रयोजनका लागि कम्पनीले बनाएको इक्षापुरेश्वर मन्दिर हो । तर चन्द्रागिरी हिल्स लिमिटेडले यहि नै भालेश्वर महादेवको मन्दिर हो भन्दै दुष्प्रचार गरिरहेको छ । 
यो चन्द्रागिरी हिल्सले भालेश्वर दावी गरेको मन्दिरमा राखिएको घण्टा हो । यसमा स्पष्टसँग उक्त मन्दिर इक्षापुरेश्वर महादेव भन्ने उल्लेख छ । सुरुमा उक्त मन्दिरलाई भालेश्वर नै भन्ने कम्पनीले निर्णय गरेपनि स्थानीयले विरोध गरेपछि व्यावसायिक प्रयोजनका लागि बनाएको यो मन्दिरको नाम इक्षापुरेश्वर महादेव राखेको थियो । 
मन्दिरभित्र यस्तो शिवलिङ्ग छ । परापूर्वकालदेखि चल्दै आएको शिव लिङ्ग यस्तो हुँदैन । यो अन्यत्रैबाट बनाएर ल्याई राखिएको शिवलिङ्ग हो । कम्पनीले यसलाई असली शीला भएको झुटो दावी गरिरहेको छ । 
इँटाको गाह्रो लगाइएको ठाउँभित्र सक्कली भालेश्वर महादेव छन् । कम्पनीले यतिसम्म जनताको आँखामा छारो हाल्न कोशिस गरेको छ कि, चन्द्रागिरी जानेले हत्तपत्त त्यहाँभित्र के छ भन्ने नै हेर्दैन । 
त्यहाँभित्र यस्तो सक्कली भालेश्वरको शीला छ । डमरु राखिएको ठूलो शिला बर्षौंदेखि मानिएको भालेश्वर महादेवको शीला हो । पहिला यसलाई अन्यत्रै सारीएको थियो । पछि स्थानीयको विरोध भएपछि यसलाई क्षमा पूजा गरी यता सारिएको हो । 
भालेश्वर महादेवको सक्कली मूर्ति अर्थात शिवलिङ्ग यहि यो । 
भालेश्वर महादेव वरपर अन्य देवताहरु पनि छन् । 
अझ स्पष्टसँग हेर्नुहोस् चन्द्रागिरी हिल्स लिमिटेडले सक्कली भालेश्वर महादेव दावी गरेको मन्दिर भित्र यस्तो शिवलिङ्ग छ । तपाईं आफैं अनुमान गर्नुहोस् परापूर्व कालदेखिको शिव लिङ्ग यस्तो हुन्छ कि माथिको तस्विरजस्तो हुन्छ ? 
कम्पनीले प्रचार प्रसार गरेर यसलाई सक्कली भालेश्वर महादेव भएको पुष्टि गर्न खोजेको छ र सक्कली भालेश्वरको मुर्तिलाई फगत केहि शीलाहरु मात्र हुन् भन्ने शैलीमा व्याख्या गर्ने दुष्प्रयास गरेको छ । 
चन्द्रागिरी हिल्स लिमिटेडले बनाएको यो मन्दिर निकै राम्रो छ । गलत प्रचार गरेकाले मात्र जनता आक्रोशित छन्। 


चन्द्रागिरी हिल्स लिमिटेडका बारे यी समाचार छुटे कि !
    Hamro Parto AD
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: