×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्द्रागिरी हिल्स घुम्न जानेहरुको संख्या घट्नुका यस्ता छन् ६ कारण ! १५ तस्विरमा हेर्नुहोस् ‘सुनसान चन्द्रागिरी’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चन्द्रागिरी हिल्स लिमिटेडले संचालन गरेको केबलकार चढेर चन्द्रागिरी हिल्स लिमिटेडले बनाएको संरचनामा रमाउने र कम्पनीले भालेश्वर मन्दिर भनेर दुष्प्रचार गरेको नक्कली भालेश्वर मन्दिर अर्थात सक्कली इक्षापुरेश्वर मन्दिर दर्शन गर्न जानेको संख्या ह्वात्तै घटेको छ । बुधबार अर्थ सरोकार डटकमको टोली चन्द्रागिरीमा जाँदा चन्द्रागिरी हिल्स लिमिटेडमा पर्यटकको कुनै ‘चार्म’ थिएन । केवलकारहरु खाली-खाली दौडीरहेका थिए ।
चन्द्रागिरी हिल्स लिमिटेडले संचालन गरेको कपडा पसलदेखि कम्पनी परिसरमै रहेको हिमालयन जाभामा त्यहाँका कर्मचारी बाहेक कोहि थिएनन् । चन्द्रागिरी हिल्स लिमिटेडले संचालन गरेको रेष्टुरेन्टका कर्मचारी पर्यटक खोज्दै थिए । चन्द्रागिरी हिल्समा फोटो खिच्ने कम्पनीका आधिकारीक व्यक्तिहरु फोटो खिच्ने मानिसको पर्खाइमा थिए । आखिर किन घट्यो त चन्द्रागिरीको क्रेज ? हामीले केहि कारणहरु पहिल्याएका छौं ।
१. चन्द्रागिरी हिल्स लिमिटेडको सुरुवाती नै झुर भयो । सुरुमै महँगो टिकेट बेच्यो । जसका कारण औसत नागरिक त्यहाँ जान सक्ने अवस्था थिएन । चन्द्रागिरी हिल्सको घुमाइ निकै नै महँगो हुनेभएपछि औसत मानिसहरु चन्द्रागिरी पुगेका छैनन् । अहिले चन्द्रागिरी गएर फर्केर आउनेहरुले पनि ‘नेगेटिभ माउथ पब्लिसिटी’ गरिदिएपछी पर्यटकहरु त्यहाँ पुग्न छाडेका छन् ।
२. मौसम अनुकुल छैन । बुधबार हामी चन्द्रागिरी जाँदा डाँडाभरी हुस्सु थियो । माथि डाँडामा केहि देख्न सक्ने अवस्था समेत थिएन । मदन कृष्ण श्रेष्ठले अभिनय गरेको विज्ञापनमा ‘यति धेरै हिमाल एकैपटक चन्द्रागिरी आएपछि मात्र देख्न पाइयो’ भन्ने विज्ञापन सुनेर / देखेर चन्द्रागिरी पुगेका पर्यटक निरास भएर घर फर्कनुको कुनै विकल्प थिएन । झरीमा प्राय यस्तै हुन्छ । भ्यू टावरको रौनक पनि घटेको छ । हुस्सु लागेका समयमा त्यहाँबाट केहि देखिने कुरै भएन ।
३. अधिकांस चीज महँगो भयो । जाने टिकेट निकै महँगो छ । माथि डाँडामा गएपछि झन् जे खाएपनि महँगो छ । पैसा तिरेपनि सोहि अनुसारको गुणस्तर छैन । चन्द्रागिरीको मम झन् ‘थर्ड-क्लास’ क्वालीटीको छ ।
४. नक्कली भालेश्वरका बारेमा धेरैले थाहा पाए । महँगो पैसा तिरेर नक्कली मन्दिर किन हेर्न जानु भन्ने हरुको संख्यापनि त्यस्तै बढी छ । जानेहरुले पनि विभिन्न अनलाइनमा देखाइएको सक्कली भालेश्वरको मुर्ति नै नदेखेको प्रतिक्रिया दिए । झट्ट खोज्दा देखिने अवस्था पनि छैन । परिवारसँग घुम्न जाने हाइ- क्लास परिवारको मात्र रोजाई बन्न सफल भयो चन्द्रागिरी ।
५. चन्द्रागिरी हिल्स लिमिटेडमा डेटिङका लागि जाने जोडीहरु बढी भए भन्ने चर्चा चल्न थालेपछि अभिवावकहरु सजग बन्न थाले । डाँडामा घुम्न जाने र नजिकैको जंगलमा जे गर्दा पनि हुने भन्ने तथ्य धेरैले थाहा पाएपछि अहिले अभिवावकले पनि चन्द्रागिरी जाने आफ्ना छोराछोरीहरुको खोजीनिती गर्न थालेका छन् भने अहिलेका नवजोडीहरुले पनि चन्द्रागिरीलाई ‘अनसेफ’ ठाउँ भन्ने गरेका छन् । यसो त डाँडामा रहेकी देवी वा मन्दिरमा जोडी भएर जानु हुन्न भन्ने चलन पनि छ । मनकामनामा पनि प्रेमी-प्रेमीका गए भने प्रेम छुट्छ भन्ने विश्वास छ । चन्द्रागिरीमा पनि त्यहि विश्वास हो । त्यहि भएर पनि पर्यटकहरु घटे ।
६. अहिलेको कलङ्की र थानकोटको जामले गर्दा पनि चन्द्रागिरी जाने धेरैको प्लान पोष्टपोन्ड भएको छ । बर्षात नसकीउन्जेल यो समस्या हटीहाल्ने स्थिति छैन । त्यहि भएर पनि चन्द्रागिरीमा आजकल पर्यटक भन्दा बढी त्यहाँका कर्मचारीहरुको चहलपहल छ । 
  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: