×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘मह’लाई मतियार बनाएर चन्द्रागिरीको ‘झुटको व्यापार’, यी हुन् देखाइएका झुट र लुकाइएका यथार्थ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – तपाईंले चन्द्रागिरीको विज्ञापन हेर्नु भएकै होला । नेपालमा पहिलोपटक कुनै शक्ति पीठको प्रचार गर्न समेत खोजिएको विज्ञापन हो यो । चन्द्रागिरी हिल्स लिमिटेडले व्यापार बढाउने बहानामा त्यहाँ रहेको भालेश्वर महादेवको प्रसङ्ग उठाएर मह जोडीका ‘म’ अर्थात मदन कृष्ण श्रेष्ठले स्वस्थानी ब्रतकथा पढेका छन् । उनले विज्ञापन खेल्ने बहानामा धर्मसँग जोडिएको यति महत्वपूर्ण कुरालाई समेत ख्याल गरेका छैनन् । स्वस्थानीमा उल्लेख भएको तथ्यलाई बंग्याएर, बिज्ञापन बनाउनेले लेखेको स्क्रिप्टमा मनलाग्दी आफैं भट्याएर स्वस्थानी माताका अनुयायीहरुलाई समेत उनले दु:खी बनाएका छन् । एक पटक चन्द्रागिरि हिल्स लिमिटेडको यो विज्ञापन पुन एक पटक हेर्नुहोस् :

विज्ञापन खेलेर पैसा कमाउने नाममा महजोडीले सायद पहिलो पटक दर्शकको आँखामा छारो हाल्ने प्रयास गरेका छन् । आजको यो अंकमा हामी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई मतियार बनाएर चन्द्रागिरीले गरेको ‘झुटको व्यापार’ को खास यथार्थ प्रस्तुत गर्दैछौं ।   
भालेश्वर महादेवको असली मूर्ति यो हो, जुन विज्ञापनमा लुकाइएको छ । 

१. विज्ञापनको सुरुमा मदनकृष्ण श्रेष्ठले बोलेका छन्, ‘सतीदेवीको अंगहरु पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि ‘भाल’ अर्थात निधार पतन भयो । र भालेश्वर महादेवको उत्पति भयो ।’ तर यो प्रसङ्ग स्वस्थानी ब्रत कथामा कतै उल्लेख छैन । स्वस्थानी ब्रत कथाका अनुसार सतीदेवीका विभिन्न अंगहरु ७५००००० स्थानमा पतन भएका छन् । र ब्रतकथाको सबैभन्दा पूरानो पुस्तक हेर्दा पनि चन्द्रागिरीको तथ्य प्रस्तुत भएको छैन । परापूर्वकालदेखि चल्दै आएको मान्यता त्यहाँ सतीदेवीको भाल अर्थात निधार पतन भएकोनै विश्वास गरिन्छ । सतीदेवीका अंगहरु पतन भएका ७५००००० मध्ये सो स्थानपनि हो । त्यहाँका स्थानीयहरुले पनि सोहि अनुसार आराधना गर्ने गरेका छन् । तर स्वस्थानी ब्रत कथा जस्तो पवित्र कथा बाचन गर्ने बहानामा एउटा विज्ञापन मेकरले स्क्रिप्ट लेख्न मिल्छ र ?

त्यहाँ मदनकृष्ण श्रेष्ठ भन्दापनि कोहि जानेका पुरोहितलाई भन्न लगाएको भए राम्रो हुने थियो । चन्द्रागिरीको यो विज्ञापन सुनेका / हेरेका दर्शक / स्रोताले आगामी पुष-माघमा पढ्ने स्वस्थानी ब्रतकथामा यो तथ्य नभेटिएपछी के सोच्लान् ? पैसा कमाउने धुनमा चन्द्रागिरी हिल्सले स्वस्थानी माताकै व्यापार गरेको छ ।  
२. सतीदेवीको भाल अर्थात निधार पतन भएर उत्पति हुनुभएका महादेवको सक्कली मुर्तिनै विज्ञापनमा देखाइएको छैन । इक्षापुरेश्वर महादेवलाई देखाएर चंद्रागीरिले धर्मका नाममा व्यापार गरिरहेको छ भने अर्को तर्फ भालेश्वर महादेवको सक्कली स्वरूपप्रति जनताको आँखामा छारो हाल्ने प्रयास गरिएको छ।
३.चन्द्रागिरी निकै राम्रो ठाउँ हो । मनोरंजनका लागि यो राम्रो विकल्प पनि हो । तर ममका डल्लाहरुको व्यापार गर्ने नाममा धर्ममाथि यति गलत प्रचार गर्न पाइन्छ ? स्वस्थानी ब्रतकथा सम्बन्धी नक्कली पुस्तकहरु बजारमा आउँदा समेत बिरोध भएको थियो । तर खानदानीहरुले गरेको यो झुटको व्यापारबारे कोहि बोलेको छैन ।   ‘लेट्स गो भालेश्वर महादेव’ भन्ने उल्लेख गरिएको बेलापनि चन्द्रागिरी हिल्सले झुट बोलेको छ । ‘भालेश्वर मन्दिर दर्शन गर्न जाउँ’ भनी उल्लेख गरिएका बेला भालेश्वर नभई इक्षापुरेश्वरको मन्दिर देखाइएको छ । विज्ञापनभर कतै पनि सक्कली भालेश्वरको स्वरूप देखाइएको छैन ।
४. विज्ञापनको अत्न्यमा मह जोडीले भनेका छन्, ‘हुन्छ पूरा, चिताएको कुरा’ । तर यो विज्ञापन हेरेर चन्द्रागिरी परिसरमा जाने जो कोहिले सक्कली भालेश्वरको मुर्ति नै नदेख्ने सम्भावना छ । त्यसो गर्दा सबैको इक्षा पूरा गर्ने भन्ने विश्वास लिईएको मूर्तिकै दर्शन नगरी इक्षा कसरी पूरा होला र ? मह जोडी विज्ञापन खेलेर पैसा कमाउने नाममा चन्द्रागिरी हिल्स लिमिटेडको ठगी धन्दाको मतियार बनेका छन् ।       

स्वस्थानी ब्रताकथामा के छ ? हेर्नुहोस् सतीदेवीको अंगहरु पतन हुन सुरु भएदेखि पतन भएर सकिएको प्रसङ्गसम्मका स्वस्थानी ब्रतकथाका पूर्ण अध्याय जस्ताको त्यस्तै :
 
 
 
यसबारे के भन्छ चन्द्रागिरी हिल्स ?
यसबारे बुझ्न हामीले चन्द्रागिरी हिल्स लिमिटेडका सुचना अधिकारी राजु पौडेललाई सम्पर्क गरेका थियौं । उनले आफुलाई चन्द्रागिरीको भालेश्वर महादेवका बारेमा केहि पनि थाहा नभएको र चन्द्रागिरी हिल्स लिमिटेडका निर्देश अम्बिका पौडेललाई सम्पर्क गर्न भने । हामीले अम्बिका पौडेललाई सम्पर्क गर्दा पौडेलले आफुलाई भगवानका विषयमा नासोधिदिन आग्रह गरे । ‘चन्द्रागिरी हिल्सले गलत गरेको छ । कम्पनीको कोहि त बोल्नु पर्यो नि !’ भन्ने हाम्रो प्रश्नमा उनले राजु पौडेललाई सोध्न आग्रह गरे । हामीले उनलाई त केहि पनि थाहा छैन रे भनेपछि पौडेलले भने, ‘सुचना अधिकारीले केहि पनि थाहा छैन भन्न मिल्छ ?’   

चन्द्रागिरी हिल्स लिमिटेडका बारे यी समाचार छुटे कि !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: