×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मासु खाने मुडमा हुनुहुन्छ ? सावधान ! कुखुराको मासुमा भेटियो यस्तो खराबी…

काठमाडौँ – नियमित बजार अनुगमनका क्रममा गोँगबुमा रहेको दुई मासु पसलबाट ३२ किलो खान अयोग्य मासु नष्ट गरिएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा गोँगबुमा रहेको ओम के फ्रेस मिट हाउसबाट १७ किलो र तनहुँ एण्ड धादिङ मासु पसलबाट १५ किलो खान अयोग्य कुखुराको मासु नष्ट गरिएको हो ।
अनुगमनका क्रममा दुवैै पसलले व्यवसाय दर्ता नगरेको, नापतौल प्रमाणीकरण नगरेको र बध गर्ने स्थान समेत अत्यन्तै फोहोर रहेको पाएपछि तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
विभागले आजै गोँगबुमा रहेको सात पसलको पनि अनुगमन गरेको छ । अन्य पसल भने सामान्य अवस्थामा रहेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: