×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चूडामणि शर्मालाई मृत्युदण्ड दिन माग !

योजना, सुशासन र विकास समाज, फ्रिल्यान्स युथ मुभमेन्ट नामक एक गैरसरकारी संस्थाले मंगलबार माइतीघर मण्डलामा जनदबाब अभियानका नाममा राष्ट्रिय झण्डा र प्लेकार्डसहित प्रदर्शन गर्दै आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई मृृत्युदण्ड दिन माग गरेको छ ।

दिउँसो साढे तीनदेखि पौने चार बजेसम्म मण्डलामा २५–३० जनाजति व्यक्तिले शर्मालाई मृत्युदण्डको व्यवस्था गर्न माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए । सो समूहको नेतृत्व रामचन्द्र कँडेलले गरेका थिए ।

सहभागीले नेपाल विकासको आधार, सुशासन र शून्य भ्रष्टाचार, भ्रष्टाचारीहरुविरुद्ध हामी नेपाली मौन किन ?, चालीस लाख नेपाली विदेशमा, भ्रष्टाचारीहरुलाई मस्ती स्वदेशमा, लेखिएको प्लेकार्ड बोकेका थिए ।


राष्ट्रिय झण्डासमेत बोकेका युवाहरुले भ्रष्टाचारी चूडामणि शर्मालगायतका भ्रष्टहरुलाई मृत्युदण्डको व्यवस्था गर्न जनदबाब अभियान लेखिएको तुल बोकेका थिए । संविधानले नै निषेध गरेको मृत्युदण्डको माग गर्ने सो कार्यक्रम आयोजकले कस्को प्रयोजनमा गरेका हुन् भन्ने कुरा चाहिँ खुल्न सकेको छैन । आर्थिक दैनिकबाट

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: