×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंकमा उजुरी दर्ता गराउन जाँदा देखियो यस्तो ‘भद्रगोल’, यति काम पनि गर्न जान्दैनन् सिभिलका कर्मचारी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लिंदै नलिएको ६१ लाख ऋण तिर्न तागेता गर्ने सिभिल बैंकमा उक्त काम गर्ने कर्मचारी पत्ता लगाई आवश्यक कारवाही गर्न बैंकमा उजुरी परेको छ । लिंदै नलिएको ऋण तिर्न तागेता गर्ने बैंकका सीईओ गोबिन्द गुरुङलाई भेटी सोमबार अर्थ सरोकार डटकमले उजुरी दिएको हो । केहि दिनअघि लिंदै नलिएको ६१ लाख ऋण तिर्न भन्दै अर्थ सरोकार डटकमको कार्यालयमा सिभिल बैंकको पत्र आएको थियो । सिभिलका कर्तुतहरु सार्वजनिक गरेकै कारण अनलाइनका कर्मचारीहरुलाई दुख दिने बदनियतले नियोजित ढंगबाट रिकभरी विभागका कर्मचारीले यस्तो काम गरेको आशंकामा छानविनका लागि उक्त उजुरी परेको हो ।
यता अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकका सीईओ गोबिन्द गुरुङले मिडियालाई दुख दिने कुनैपनि बदनियत नभएको स्पष्ट पारेका छन् । ‘अर्थ सरोकारमात्र होइन, कुनै पनि मिडियालाई दुख दिने हाम्रो संस्थाको कुनैपनि बदनियत छैन । गलत ठाउँमा पत्र गएकै हो । तर त्यसमा हाम्रो बदनियत छैन । बैंकका एकआध त्यस्ता कर्मचारी छन् भने हामी पक्कैपनि अनुसन्धान गर्छौं । के र कसरी कहाँबाट गल्ती भएको रहेछ, हामी पत्ता लगाउंछौं । यसलाई अन्यथा नलिनुहोला। ‘ सीईओ गुरुङले भने ।
उनले रिकभरी विभागका कर्मचारी रुपक क्षेत्री लगायत केहीलाई आफ्नो कार्यकक्षमा बोलाइ स्पष्टीकरण समेत लिएका थिए । विभागका कर्मचारी क्षेत्रीले हुलाकले सहि ठाउँमै चिठी पुगेको बताएको र कसरी पत्र एउटा मिडिया हाउस मा पुग्यो भन्ने थाहा नभएको बताएका छन् । सीईओ गुरुङले यसबारेमा सत्य तथ्य पत्ता लगाउन क्षेत्रीलाई निर्देशन दिईसकेका छन् ।
‘नियत गलत भयो कि भन्ने हाम्रो शंका हो । यसको छानविन गरिनुपर्छ । फेरिपनि सिभिलको चिठी हाम्रो कार्यालयमा यस्तैगरी लिंदै नलिएको ऋणको तागेता गर्न आयो भने के गर्ने ?’ भन्ने अर्थसरोकारकर्मीको जिज्ञासामा रिकभरी विभागका कर्मचारी क्षेत्रीले भने, ‘यो त सपनामा पनि गल्ती दोहोरिंदैन। ‘       
चिठी रिसिभ गर्न पनि जानेनन् सिभिलका कर्मचारीले !
यसो त सिभिल बैंकमा रहेका कर्मचारी कति सम्म काम गर्न नजान्ने खालका छन् भन्ने पनि प्रमाणित भएको छ । सोमबार उजुरीपत्र दर्ता गर्न गएका अर्थ सरोकारकर्मीले पत्र ‘रिसिभ’ गरिदिनु भनेपछि सीईओले आफ्नी ‘एक्जुकेटिभ’लाई निर्देशन दिएका थिए । तर उनले त सक्कल चिठीमै ‘रिसिभ्ड’ छाप हानेर सक्कल प्रतिनै उजुरीकर्तालाई दिईन् । पछि सीईओले ‘यस्तो गर्ने होइन, फोटो कपि गरेर उहाँलाई दिने हो, सक्कल प्रति हामीले राख्ने हो’ भनेपछि बल्ल उक्त पत्र फोटोकपि गरिएको थियो । सिभिलमा केहि समय अगाडीदेखि नै काम गर्न नजान्ने तर आफ्ना मान्छे भर्ती केन्द्र भएको चर्चा चल्दै आएको छ । सोमबारको घटनाले उक्त आरोपलाई स्पष्ट रुपमा पुष्टि गरेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: