×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिभिल बैंकका मेनेजर मीटर ब्याजका लगानीकर्ता !

विराटनगरस्थित सिभिल बैंकका म्यानेजर नारायण अग्रवालले अवैध मानिएको मिटर ब्याजमा लगानी गरेको पाइएको छ । उक्त बैंककै रकम चल्ती गरेर एक लाखबराबरबाट दैनिक एक हजार ब्याज लिने गरेको पाइएको हो । केही दिनअगाडि विराटनगरका व्यापारी राकेश बेगवानीले आत्महत्या गरेसँगै बैंक म्यानेजर नारायण ग्रवाल र बेगवानीबीचको सम्बन्ध खुल्न पुगेको थियो । 
बेगवानीले पनि म्यानेजर अग्रवालमार्फत नै मिटर ब्याजमा पैसा लिएर लगानी गर्ने गरेको समाचार स्रोतले बताएको छ । दुवै अग्रवाल र बेगवानीको संयुक्तरुपमा हुने उक्त कामको लागि म्यानेजर अग्रवालले बैंककोमौज्दातमा समेत ठूलै घोटाला गरेको हुनसक्ने आशंका स्रोतले गरेको हो । यसका अलावा बैंक म्यानेजर र सिभिल बैंकमा भ्यालुएटरमा संलग्न व्यक्तिसमेतको मिलोमतोमा धेरै किर्ते कामहरु भएको दाबी समाचार स्रोतले
गरेको हो । 
मिटर ब्याजबाट तत्कालै आर्थिक लाभ लिन खोज्ने कारोबारीहरुले राजधानीपछि अहिले विराटनगरलाई आफ्नो केन्द्र बनाएको रहस्य पनि खुलेको हो । मिटर ब्याजका कारणले विराटनगरमा भएको उक्त घटनाबाट त्यस्ता कारोबारीको जालो अहिले निकै फैलिएको देखिन्छ । मिटर ब्याजको धन्दा विराटनगरमा राम्रो चल्न थालेपछि
काठमाडौंबाट लगानीकर्ताहरु महिनौं दिनदेखि विभिन्न होटल तथा लजमा बसेर काम गर्ने गरेको रहस्य पनि खुल्न पुगेको छ । स्रोतका अनुसार हाल सिभिल बैंकमा कार्यरत बैंक म्यानेजर नारायण अग्रवाल यसभन्दा अगाडि मेगा बैंकमा कार्यरत रहेको बेला पनि विवादमा परेको सार्वजनिक भएको छ । उनलाई अहिले सिभिल बैंकमा रहेका सीईओ गोविन्द गुरुङले संरक्षण गरेको दाबी समाचार स्रोतले गरेको छ । – आर्थिक दैनिकबाट 

यो पनि पढ्नुहोस् : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: