×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्री देउवाको ‘भविष्य’बारे प्रचण्डले गरे खतरनाक भविष्यबाणी !

हिजोदेखि पार्टी मुख्यालयले पेरिसडाँडामा जारी पार्टीको केन्द्रीय सचिवालयको विस्तारिक वैठकमा सत्तागठबन्धन दल माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको ‘भविष्य’ का लागि चिन्ता हुने विचार व्यक्त गरेका छन् ।
पहिलो र दोस्रो चरणको चुनावी परिणामको समीक्षा र भावी योजना निर्माणका लागि बोलाइएको वैठकमा प्रचण्डले मन्त्रीपरिषद् विस्तारमा भएको ढिलाईलाई लिएर प्रचण्डले सकारको भविष्यको विषय कोट्टाएका हुन् ।
‘मैले शेरबहादुरजीलाई चाडो मन्त्रीपरिषद् विस्तारकालागि धेरै पटक भने । कहिले के भनेर कहिले के भनेर पछाडि धकेलिरहनु भएको छ ।’ प्रचण्डको भनाई थियो, ‘अव पनि तुरुन्तै मन्त्रीपरिषद् गठन भएन भने सरकारमा किन बसिरहन पर्यो । हामी त काँग्रेसजस्तो अलमलमा पर्दैनौँ । चाडै निर्णय लिन्छौँ ।’
केपी ओली नेतृत्वको सरकारसँगको सहकार्य तोडेर प्रचण्डले काँग्रेससँग गठबन्धन बनाएका थिए । आलोपालो प्रधानमन्त्री बन्नेसहमति अनुसार प्रचण्ड ०७३ साउन १९ मा प्रधानमन्त्री भएका थिए । त्यसपछि स्थानीय तहको पहिलो चरणको चुनावपछि प्रचण्डले जेड ९ मा राजीनामा गरेर देउवाको लागि बाटो खुला गरेका थिए । पछि, माओवादीकै समर्थनमा जेठ २३ मा देउवा प्रधानमन्त्री भएका थिए ।
काँग्रेस र माअ‍ोवादीवीचको गठबन्धनलाई लामोसमयसम्म लैजाने दोस्रो तहका नेताहरुको भनाई आएका बेला प्रचण्डले सरकारको भविष्यलाई लिएर आफ्नो अभिव्यक्ति दिएका हुन् ।
प्रचण्डले वैठकमा काँग्रेसले निर्णय लिन निकै ढिला गर्ने गरेको पनि बताएका थिए । ‘काँग्रेससँग त जमेरै बहस नहुने के । अलि राम्रोसँग कुरा गर्न खोज्यो शेरबहादुरजीले एक मिनेटमा कुरा टुंगाउनुहुन्छ ।’ प्रचण्डकोभनाई उद्धृत गर्दै माओवादी केन्द्रीय सचिवालयका एक सदस्यले भने, ‘निर्णय नै नहुँने भयो । मन्त्रीपरिषद् ढिलाईमा पनि यस्तै छ ।’
प्रचण्डले काँग्रेसले मन्त्रालय बागभन्डामा अन्याय गरेको पनि सुनाएका थिए । सोमवार प्रधानमन्त्री देउवाले एक जना काँग्रेस नेतालाई आफुलाई भेटन पठाएको र उनको प्रस्तावले आफु आश्चर्यमा परेको पनि प्रचण्डको भनाई थियो । ‘देउवाजीले एक जना दूत पठाउनु भएको थियो ।
दूतको प्रस्तावले मलाई अचम्ममा पार्यो । दूतले माओवादीलाई सात मन्त्रालय दिने कुरा गरेका थिए ।’ प्रचण्डले वैठकमा भनेका थिए, ‘म प्रधानमन्त्री हुँदा माअ‍ोवादीसँग प्रधानमन्त्री र ९ मन्त्रालय थिएँ । अहिले काँग्रेस नेता प्रधानमन्त्री छन् । माओवादीलाई सात मन्त्रालय दिने कुरा गरेका छन् । यो मान्य छैन ।’
सोमवार विहान काँग्रेस नेता बिमलेन्द्र निधिले लाजिम्पाट पुगेर प्रचण्डसँग भेट गरेका थिए । प्रचण्डले नाम नखुलाएपनि देउवाको दूता भनेर निधिसँगको भेटलाई संकेत गरेका थिए । वैठकमा प्रचण्डले परराष्ट्र, गृह, सहरीविकास, उर्जा, सामान्य प्रशासन, स्वास्थ्य, आपुर्ति, कृषि र पशुपंक्षी मन्त्रालय पाउनु पर्ने माग गरेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: