×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी बिकास बैंकको लापरवाहीको पराकाष्टा ! चार्टड एकाउन्टेन्टहरुकै ‘मानहानी’ हुनेगरी निकालियो ‘थर्ड-क्लास’ सूचना !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ असार २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

गण्डकी बिकास बैंकको लापरवाहीको पराकाष्टा ! चार्टड एकाउन्टेन्टहरुकै ‘मानहानी’ हुनेगरी निकालियो ‘थर्ड-क्लास’ सूचना !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गण्डकी बिकास बैंकले चार्टड एकाउन्टेन्ट (सिए) हरुको बेइज्जत गर्ने प्रयास गरेको छ । बैंकले विभिन्न पत्रिकामा प्रकाशित ‘भ्याकेन्सी’ को सुचनामा सिएहरुको बेइज्जत गरेको हो । बैंकले सिएका बारेमा जानकारी नै नभएको जसरी भ्याकेन्सी एनाउन्समेन्ट छाप्दा गल्तीको पराकाष्टानै देखिएको छ ।
बैंकले एक सुचना जारी गर्दै बैंकका लागि २ जना चार्टड एकाउन्टेन्ट (सिए) मागेको छ । र सिएको पदका लागि उसले अनिवार्य रुपमा ३ बर्षको आर्टिकलशिप गरेको हुनुपर्ने भन्ने हास्यास्पद कुरा उल्लेख गरेको छ । किन भने ३ वर्षको आर्टिकलशिप नगरी कोहि पनि सिए हुन सक्दैन । यो त सरासर माष्टर्स गरेको मान्छे चाहियो तर ब्याचलरचाहिं पास गरेको हुनुपर्छ भने जस्तै हो ।
सिए जस्तो गरिमामय मदका लागि आएको यस्तो थर्ड क्लास विज्ञापनले आफ्नो पेशाको इज्जतमाथि नै धक्का पुगेको सिएहरुको भनाइ छ । ‘गण्डकी बिकास बैंकले निकालेको सुचनामा आवेदन दिनु भनेको आफ्नो पेशाको धज्जी उडाउनु हो ।’ एक सिएले अर्थ सरोकार डटकमसँग भने, ‘यो भ्याकेन्सीमा त कतै पनि काम नै नपाएकोले मात्र अपलाई गर्छ । आफ्नो पेशाको इज्जत हुनुपर्छ भन्नेले यस्तो भ्याकेन्सीमा एप्लाई नै गर्दैन ।’
यसबारे हामीले बैंकको एचआर विभागसँग कुराकानी गर्ने प्रयास गरेका थियौं । तर रिसेप्सनबाट एचआरमा ट्रान्सफर गर्ने भनेपनि फोन उठेन ।           
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: