×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारी कर्मचारी भन्दा २५% बढी तलव खाने आइक्यानका कर्मचारीलाई पुगेन तलव सुविधा, सुरु भयो आन्दोलन !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ –  नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) कर्मचारीहरु तलव बढाउन भन्दै पुन: आन्दोलनमा होमिएका छन् । तलव सुविधा बढाउनेबारे काउन्सिलमा गएको एजेन्डा निर्णयनै नगरी फर्किएपछी शुक्रबारको काउन्सिलमा आफ्नो तलव सुविधा नबढे उपाध्यक्षको लागि भएको मतदानको गणना नै गर्न नदिने अडान राख्दै उनीहरुले आन्दोलनको कार्यक्रम सुरु गरेका हुन् । आफ्नो तलव सुविधा कम भएको भन्दै आइक्यानका कर्मचारीहरुले यसअघि पनि अध्यक्ष, उपाध्यक्ष लगायतलाई घेराउ गर्ने काम गरिसकेका छन् भने आफ्नो तलव नबढाए आइक्यानमा तालाबन्दी गर्नेसम्मको चेतावनी दिईसकेका छन् ।

कर्मचारी भन्छन्, ‘तलवसँगै काम हेर्नुपर्यो नि !, कुकुरजस्तो लदाउने अनि चरालाई दिए जस्तो दाना दिएर हुन्छ ?’
यता कर्मचारीको माग भने कुनै पनि हालतमा तलव बढ्नुपर्ने भन्ने छ । ‘कुकुरलाई जस्तो लदाउने काम हुन्छ आइक्यानमा । सबैलाई सुपरफाष्ट काम चाहिन्छ । मेसिनजसरी काम गर्नुपर्छ । अलिकति ढिलो भयो भने आइक्यानका कर्मचारी काम नै गर्दैनन् भन्ने आरोप सुन्नु पर्छ । विद्यार्थीको प्रेसर उस्तै छ । घर परिवार नभनी कहिले शनिवारको हल परिक्षा त कहिले के भनेर दौडीरहनुपर्छ । अनि तलवचाहि १०-५ सामान्य काम गर्ने सरकारी कर्मचारीलाई दिएको जति दिएकै छ नि भनेर हुन्छ ? सिए सरोकारसँग कुराकानी गर्दै आइक्यानका एक कर्मचारीले गुनासो पोखे । 
कर्मचारी युनियनको आफ्नै प्रक्रिया हुने भएकाले आफ्नो नाम नबताउने सर्तमा उनले भने, ‘काउन्सिलका मान्छेचाहिं कहिले कता घुम्न जाने, कहिले कता जाने । तात्तो न छारोको बैठक बसेर भत्ता लिने अनि हाम्रो तलव चाहिं नबढाउने ?’ तपाईंहरुको तलव त निजामति कर्मचारीभन्दा २५% बढी तलव छ नि ? भन्ने हाम्रो प्रश्नमा ती कर्मचारीले भने, ‘काम पनि निजामतिले भन्दा डबल गरेका छौं भन्ने कुरा पनि त हेर्नुपर्यो नि !’      
के- कस्तो छ आइक्यानका कर्मचारीको तलव-सुविधा ?
आइक्यानका कर्मचारीको तलव सुविधा भने अन्य सरकारी कर्मचारीको तुलनामा करिव २५% भन्दा बढी छ । सरकारी कर्मचारीले पाउने तलव बाहेक उनीहरुलाई मेडिकल, इन्सुरेन्स, रिटायर्डमेन्ट फन्ड, सवारी, तेल, अन्य भत्ता लगायत सुविधाहरु पाउने गरेका छन् । सरकारी निकायमध्येनै आइक्यान सबैभन्दा राम्रो तलव सुविधा भएको संस्थाका रुपमा चिनिने गरिन्छ । समयमै तलव पाउने कर्मचारीहरुले परिक्षामा गार्ड बसेको, हलपरिक्षामा गार्ड बसेको लगायतका काम गरेको रकमपनि छुट्टै पाउने गरेका छन् । आइक्यानले दिने यस्तै सुविधाका कारण आइक्यानमा जागिर खान वा प्रमिसन गराउन केहि कर्मचारीहरुले काउन्सिल सदस्यको चाकडी गर्नेदेखि राजनीतिक पावरसमेत लगाउने गरेका छन् ।

आइक्यानभित्रै कमाईको ग्याप ! ‘सुलसुले’हरुको ‘सत्यानास’ बनाउँदा कर्मचारीनै बदनाम !
यस्तो त आइक्यानभित्र कर्मचारीका अगाडी तलव बढ्नुपर्छ भनेर ठिक्क पार्ने, तर विद्यार्थीको पैसामा मस्ती गरेर हुन्छ ? कर्मचारीको तलव राम्रो छ भनेर विद्यार्थी उक्साउने ‘सुलसुले’ हरु पनि छन् । आइक्यानको एक्स्पोमा होस् वा अन्य कार्यक्रममा लाजै पचाएर कोचीङ सेन्टरसँग गोप्य रुपमा खर्च माग्ने, कोचिङ सेन्टरका मालिकदेखि कर्मचारीकै अगाडी ठिक्क पार्ने केहि सुलसुलेहरुका कारण विद्यार्थी माझ नै कर्मचारीको छवि धामीलो भएको छ । यसो त कतिपय कर्मचारीका कतिपय कामसँग आइक्यानका विद्यार्थीहरुपनि सन्तुष्ट छैनन् । तर एउटा विभागको कर्मचारीले अरुले थाहा नपाउने शैलीमा अन्य विभागका कर्मचारीको कुरा काट्ने प्रवृतिले आइक्यानका कर्मचारीहरुको समग्र छवि राम्रो छैन । यसरी आइक्यानको नाम बेचेर दायाँ बायाँ पैसा कमाउने कर्मचारी र दिन रात आइक्यानमा खटिने कर्मचारीबीचपनि ठुलो ग्याप भेटिने गरेको छ ।  

कर्मचारी संगठनमापनि उस्तै लफडा !
यसो त आइक्यानका कर्मचारी यतिसम्म भुलाक्कड़ छन् कि आफ्नै संगठनको म्याद सकिएको समेत पत्तो पाउँदैनन् । यसअघि रहेको कर्मचारी संगठनको म्याद सकिएको समेत कर्मचारीले थाहा नपाएपछि आइक्यानका एक अर्का कर्मचारीले आफु निकटका कर्मचारीहरुलाई पधाधिकारी बनाएर नयाँ संगठन दर्ता गराएका थिए । राजनीतिक हिसावले फरक विचारधारा राख्ने कर्मचारीको एक मुष्ट जमात भएकाले पनि आइक्यानमा ‘तँ माओवादी, म कांग्रेस’ भन्ने किचलो सधैं रहेको पाइन्छ ।  
प्रमोसनको विषयदेखि आइक्यानका विभिन्न समारोहमा हुने पुरस्कारसम्म राजनीति हुने गरेको आइक्यानकै कर्मचारीहरु स्वीकारछन् । यतिसम्मकी प्रमोसनको परिक्षामा संस्थाभित्र गलत काम हुने गरेको आवाजपनि संस्थामा उठ्ने गरेको छ । लिखित परिक्षाको प्रश्ननै बाहिर भनिदिएकोदेखि अन्तर्वार्तामा आफ्नो मान्छेलाई पोशेको समेत आरोप आइक्यानभित्रै लाग्ने गरेको छ । आइक्यानले बाड्ने विभिन्न पुरस्कारहरुमा पनि कर्मचारी संगठनको सिफारिसका आधारमा हुने भन्दै यसअघि पनि आन्तरिक रुपमा विरोध हुँदै आएको थियो ।     
र आवाज यस्तो पनि… 
यता आइक्यानका कर्मचारीहरुको तलव बढ्नुपर्ने माग उठिरहेका बेला आइक्यानमा रहेका केहि काउन्सिल सदस्यहरु भने यसमा रुष्ट देखिएका छन् । ‘सुविधा चाहिएका बेला निजामति सरह सुविधा चाहिने, तलवको कुरा गर्दा हामी निजामति होइनौं भन्ने, दादागिरी देखाउने, अध्यक्षलाई नै थर्काउने, धम्क्याउने काम कर्मचारीहरुले गर्न थालेको धेरै भइसक्यो । कर्मचारीको कामदेखि न विद्यार्थी खुसी छन् न नेतृत्व । अरु त अरु विभिन्न अन्तराष्ट्रिय संस्थाहरुको निमन्त्रणामा संस्थाकै हक हितमा देशबाहिर जाँदापनि तिमीहरु मोज गर्ने हाम्रो तलव नबढाउने भन्दै निहुँ खोज्ने काम हुन्छ । अन्य सरकारी कर्मचारीको भन्दा २५ प्रतिशत बढी तलव छ । सुविधा त के के हो के के । विद्यार्थीको पैसामा लुट छ ।’ आइक्यानका आधा दर्जन बढी काउन्सिल सदस्यको भनाइ पनि यस्तो छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: