×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गृहमन्त्रीको एक्सनः छोरी कुट्ने बाबु पक्राउ, उजुरी नलिने प्रहरी कारवाहीमा !

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनपछि छोरीलाई र्निघात कुट्ने रुपन्देही सम्मरीमाई–६ का इन्दल यादवलाई प्रहरीले गिरफतार गरेको छ । प्रहरीले यो घटना दर्ता नगर्ने प्रहरी निरीक्षक उदयसिंह सिजापतीलाई विभागीय कारवाही गर्ने भएको छ ।
गृहमन्त्री शर्माले सम्बन्धित निकायलाई सो घटनाका सबै दाषीहरुलाई आवश्यक कारवाही गर्न समेत निर्देशन दिनुभएको छ । रुपन्देहीमा एक जना युवतीलाई कैयोको भीडमा आफन्तले कुटपिट गरेको भिडियो बुधबार सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्रालयको त्यसतर्फ ध्यानाकर्षन भएको गृहमन्त्रीका प्रेस सल्लाहकार लक्ष्मी पुनले जानकार दिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहका अनुसार छोरी कुटने बाबु इन्दल यादवलाइ बिहीबार राति १२ बजे नै पक्राउ गरिएको छ । सो घटनमा युवतीका ठुलो बुवा लालमन यादव, उनकी श्रीमती, दिनेश यादव र छिमेकी पशुपति कोइरीको खाजी भइरहेको छ ।
कुटिएकी १७ बर्षीया पीडित र र वर्ष १९ का दिनेश लोधलाई सुरक्षाको खतराका कारण प्रहरी चौकीमै राखिएको छ । उनीहरुबीच प्रेम सम्बन्ध भएको थाहा पाएपछि परिवारले सार्वजनिकरुपमै निर्घातरुपमा कुटपिट गरेको थियो ।
प्रहरी उपरीक्षक रविन्द्र धानुकले कानुनी कारवाही नचलाएका कारण प्रहरी निरीक्षक उदयसिह सिजापतीलाई विभागीय कारवाहीको सिफारिस गरिएको बताउनुभयो । उपरिक्षक धानुले प्रहरी घटनास्थलमा नभएको तर पछि त्यहाँ पुगेको बताए ।
मनिता यादव र दिनेश लोधबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । विवाहीत लोध दलित समुदायका हुन भने मनिताको मधेसी संस्कार अनुसार विवाह भई सकेको तर गउना गर्न बाकी रहेको जानकारीका आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: