×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चौधरी ग्रुपको ठगीले सीमा नाघ्यो, बजारमा नक्कली ‘जुजु-धौ’ खुलेआम विक्री, भक्तपुरमा व्यवसायी आक्रोशित !

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर- भक्तपुरको प्रसिद्ध ‘जुजु-धौ’ (दहिको राजा मानिने दहि) को नक्कली उत्पादन बजारमा ल्याएर चौधरी ग्रुपले खुलेआम ठगी गरेको छ । चौधरी ग्रुपले उत्पादन गरेको दहि कुनैपनि किसिमले जुजु धौ होइन । जुजु धौ बनाउने आफ्नै प्रक्रिया हुन्छ । जुन प्रक्रिया मध्ये चौधारी ग्रुपले कुनैपनि प्रक्रिया पूरा गरेको छैन । बजारमा कमसल र नक्कली दहिलाई जुजु धौ भन्दै ठगी गर्दापनि सम्बन्धित निकाय भने मौन छ ।    
चौधरी ग्रुपले बजारमा ल्याएको नक्कली जुजु धौमा उत्पादन स्थान मकवानपुर राखिएको छ । जवकी जुजुधौ मकवानपुरमा बन्ने चीज नै होइन । परापूर्व कालदेखि यो दहि भक्तपुरमामात्र बन्ने गरेको छ । र खास जुजु धौ भक्तपुरको जुजु धौ हो । जुजु धौ भनेको चौधरी ग्रुपले जस्तो प्याक गरेर विक्री वितरण गर्न सकिने चीज पनि होइन । यसको छुट्टै प्रक्रिया हुन्छ । तर चौधरी ग्रुपले उक्त प्रक्रिया केहि पनि पुर्याएको छैन ।     
जुजु धौ कुनै दर्ता भएको कम्पनी होइन । तर जुजु धौका नाममा चौधरी ग्रुपले नक्कली दहि बेचेर ठगी गरिरहेको छ । जुजु धौ पूर्ण रुपमा अर्गानिक दहि भएपनि चौधरी ग्रुपले केमिकल हालेको दहिलाई जुजु धौ भनेर बेचीरहेको छ । यसरी बजारमा नक्कली जुजुधौ आउन थालेपछि भक्तपुरका असली जुजुधौका व्यवसायी आक्रोशित बनेका छन् । यस विषयमा चौधरी ग्रुपमा जानकारी लिन खोज्दा चौधरी ग्रुपका व्यक्ति सम्पर्कमा आउनै चाहेनन् । 
हेर्नुहोस् यसरी बन्छ जुजुधौ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: