×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मध्यनेपालमा कृषि बिकास बैंकको ‘अत्याचार’ ! भूकम्प पीडितको रकम बाँड्दा हरेकसँग ५०० रुपैयाँ कमिसन !

  • अर्थ सरोकार सम्बाददाता 
सरकारी बैंक कृषि बिकास बैंकले जनतामाथि अत्याचार गरेको खुलेको छ । बैंकको भोर्लेटार शाखाले मध्यनेपाल नगरपालिका अन्तर्गतका भूकम्पपीडितलाई रकम वितरण गर्ने क्रममा प्रतिपरिवार रु ५०० रुपैयाँ कमिसन लिएको खुलासा भएपछि बैंकको यस्तो अत्याचार बाहिर आएको हो । 
नियम अनुसार भूकम्प पीडितको रकम वितरण गर्दा एक रुपैयाँपनि शुल्क लिन पाईदैन । यता जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शिव रेग्मीले समेत यसरी बैंकले रकम कट्टा गर्न नपाउने बताए । ‘भूकम्पपीडितको अनुदान रकम बैंकले लिनु सम्झौता विपरीत हो । यो त बैंकको सरासर गल्ती काम हो । सेवा शुल्कबापतको रकम एसोसिएसनले लिएको छ, बैंकले एक रुपैयाँ पनि लिन पाउँदैन ।’ उनले भने । यता बैंकका साखा प्रबन्धकको दावी भने अर्कै छ । रकम प्राप्तिको लागि खाता सञ्चालन गर्नुपर्ने भन्दै रु ५०० लिएको उनको भनाइ छ । यो सरासर गैरकानुनी असुली हो । 
जिल्लाका भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम रु ५० हजार वितरण सुरु गरिएको छ । जिल्लामा स्थानीय निकायअनुसार छुट्टाछुट्टै बैंकमार्फत अनुदान रकम दिने व्यवस्था मिलाइएको छ ।
यो पनि पढ्नुहोस् 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: