×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माधव नेपालको खुलासा : प्रचण्डले ११ पटक फोन गरेर माफी मागे

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले नयाँ पत्रिकासँग कुराकानी गर्दै रोचक खुलासाहरु गरेका छन् । त्यसका केही अंशहरु:

माओवादीको आन्दोलनबारे

म प्रधानमन्त्री हुँदा हाम्रा केही साथीहरुले भन्नुभएको थियो तपाइँलार्इ माओवादीले प्रधानमन्त्रीका रुपमा स्वीकार नगर्ने भए भनेर । नोकरसँग होइन, मालिकसँग वार्ता गर्छु भन्छन् । अवैधानिक हो भन्छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीको कुर्सीमा नबस्नुस् छोड्दा नै फाइदा हुन्छ पनि भने । मैले हेर्दै जानुस् प्रचण्ड र बाबुराम सँगसँगै बालुवाटार आउँछन् र मसँगै खाना खान्छन् भन्ने जवाफ फर्काएको थिएँ । उहाँहरुले फेरि भन्नुभयो सिंहदरबार त नछिर्ने भनेका छन्, बालुवाटार कसरी छिर्लान् ? मेले फेरि भने, यो हेर्दाहेर्दै हुन्छ । म देखाइदिन्छु भनेँ । आखिर देखाइदिएँ पनि । किनकि प्रचण्डसँगको मेरो दोस्ती कतिसम्म छ भन्ने मलाई थाहा थियो ।
मैले प्रचण्डलाई एउटा शब्द भनेको थिएँ । पुलिस छ, सशस्त्र प्रहरी छ, त्यतिमात्र होइन, राज्यसँग सेना पनि छ । मलाई सेना परिचालनका लागि बाध्य नबनाउनुस् । प्रधानसेनापतिलाई सेना परिचालन गर्नुस भनेँ । परिचालनको पहिलो कदमको रुपमा राष्ट्रपतिको भवन वरिपरि प्रधानमन्त्री निवास, सिंहदरबारको वरिपरि सेनालाई मार्चपास गराउन निर्देशन दिएँ । सेनाले मार्च पास पनि गरे । यो के गरेको भन्ने आयो, मैले भनेँ, यो पहिलो स्टेप हो । राज्य झुक्न थाल्ने हो भने, आठ लाख मान्छे ल्याएर प्रधानमन्त्री फालिदिन्छु भन्ने हो भने, त्यो कस्तो प्रधानमन्त्री हुन्छ ?

अनमिनबारे

कपिलवस्तुमा हतियार बोकेर ट्रकमा हाइवेमा हिँड्नेलाई सशस्त्र प्रहरी लगाएर समायो, थुनियो, हतियार खोसियो । लगत्तै अनमिनका मान्छे उनीहरुको कुनै दोष छेन, किन समातियो भनेर पुगे । मैले अनमिनको कुरा सुनिनँ । उनीहरुलाई थुनिराख्न भनेँ । प्रचण्डजीले फोन गर्दै माधवजी ठूलो गल्ती भयो, हाम्रा साथीहरुले बुझेनन् । म जहाजबाट भैरहवा आउँदा स्वागत गर्न उनीहरु खाली हात आएका भए हुने हतियारसहित आएछन् । एकचोटिको गल्तीलाई माफ गर्दिनुहोस् । तर अनमिनले भन्छ उनीहरुको कुनै गल्ती छैन । त्यहीबोलादेखि अनमिनप्रति मेरो विश्वास रहेन र बिदा गर्नैपर्छ भन्ने सोचेँ । प्रचण्डजीले ११ पटक फोन गर्नुभयो । दोस्रो पटकदेखि यसरी भेटिए जे सजाय दिए पनि हुन्छ, यसपटक साथीहरुले गल्ती गरे भन्नुभयो ।

राजीनामाबारे

प्रचण्डजीले तपाईं राजीनामा गर्नुहुन्छ भन्नुभएको थियो, तर वास्तवमा परिस्थिति त्यस्तो (राजीनामाको) थिएन । खासमा म पार्टीभित्रको आन्तरिक कारणले दिक्क भइसकेको थिएँ । भित्रै स्थिति राम्रो छैन भने किन बस्ने ?

प्रचण्ड–केपी ओली सहमति

त्यो तीन बुँदामा जे जे सहमति भएको थियो, त्यो पालना गर्नुपथ्र्यो । जे भयो त्यो बेठिक भयो । प्रचण्डजीले पनि निकै हतार गर्नुभयो । हामीलाई पत्तै नदिई अविश्वासको प्रस्ताव राख्न पुग्नुभयो, त्यो गलत हो । मैले उहाँलाई भनेँ, हामीले भन्नुपर्दैनथ्यो ? हामी जिउँदै थियौँ त ? हामीबाट पनि पार नलागेको भए पार लागेन भन्थ्यौँ । त्यसपछि त्यो निर्णय लिन सक्नुहुन्थ्यो । तर त्यहाँ अलि हतार गर्नुभयो । प्रचण्डजीले सहमति पालना भएन, सहमति तोडियो भन्नुभयो । जे भएपनि सहमतिको पालना हुनुपथ्र्यो नभएर गलत भयो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: