×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यी हुन् नेपालको सैन्य इतिहासमा पहिलो गुल्मपति बन्ने भाग्यमानी महिला

१२ बर्षअघि नेपाली सेनामा प्रवेश गरेकी श्रृष्टी खड्का गुल्मपति भएकी छिन् । नेपालको सैन्य इतिहासमा उनी पहिलो महिला गुल्मपति बनेकी हुन् । १७ माघ २०६२ मा नेपाली सेनाको अधिकृत क्याडरमा छिरेकी खड्काले १ साउनदेखि गोरखकाली गुल्मको जिम्मेवारी समालेकी छिन् ।
उपत्यका पृतनाभित्र सेनाले महिला सैनिकका लागि छुट्टै गोरखकाली गुल्म खडा गरेको छ । गुल्मको प्रमुख पनि महिलालाई नै बनाएको छ । गुल्मपति हुन स्टाफ कलेज पास गर्नुपर्ने कानुनी ब्यवस्था छ । तर महिलाको हकमा लागु नहुने सैन्य प्रवक्ता झंकरबहादुर कडायतले बताए ।
खड्का नेपाली सेनाभित्र उत्कृष्ट अधिकृत मानिन्छिन् । उनले सेनाको मनौबैज्ञानिक शाखा, सुदुरपश्चिम पृतना हेडक्वाटर, राष्ट्रिय सेवा दलमा बसेर काम गरिसकेकी छिन् भने शान्ति स्थापर्ना सुडानमा खट्टिने टोलीको नेतृत्व समेत गरिसकेकी छिन् । उनी मेजर हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: