×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाडः पत्थरीको अप्रेशन गर्दा मिर्गौला निकालियो !

मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो ।
अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत गरेका थिए । त्यसपछि मात्र अप्रेसन गर्दा मिर्गौला फुटेका कारण चिकित्सकहरूले निकालेको अस्पताल प्रशासनले स्विकारेको थियो ।
रिमाल पत्थरीको अप्रेसन गर्न गत २५ जेठमा अस्पताल भर्ना भएका थिए । अप्रेसन गर्ने क्रममा चिकित्सकहरूले मिर्गौला निकालेको रिमाल परिवारले बताएको छ । घटना सार्वजनिक हुने डरले अस्पताल प्रशासनले विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती सम्झौतापत्रमा हस्ताक्षर गराएको रिमालकी पत्नी रञ्जुले बताइन् ।
डा.गुणराज श्रेष्ठ नेतृत्वको चिकित्सक टोलीले रिमालको पत्थरी अप्रेसन गर्ने क्रममा देब्रेपट्टिको मिर्गौला निकालेका हुन् । ‘सामान्य परिवारको भएकाले घरपरिवार धान्न वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब गएको थिएँ । एक वर्षअघि मात्रै नेपाल आएको हुँ । स्वास्थ्यमा समस्या देखिएपछि आफन्तको सहयोगमा स्वास्थ्य परीक्षण गराउन मनमोहन मेमोरियल मेडिकल कलेज आएको हुँ । तर, अस्पतालले मेरो जीवन नै बर्बाद गरिदियो,’ बिरामी रिमालले भने ।
नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमाल मिर्गौला निकालेको तत्काल जानकारी अस्पताल प्रशासनले पत्थरीको अप्रेसन गर्दा मिर्गौला फुटेकाले निकालेको पीडित परिवारलाई जानकारी दिएको दाबी गरेको छ । तर, पीडित परिवार भने मिर्गौला निकालिएपछि मात्रै जानकारी दिएको बताउँछ ।
अस्पताल प्रशासनले पीडित पक्षलाई भित्र बोलाई दबाब र धम्कीका भरमा ६ बुँदे सम्झौता गर्न लगाएको आफन्तको आरोप छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: