×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिलमा गैरकानुुनी धन्दा, सिइओ सशीन जोशीको ध्यान बैंक भन्दा पनि सुरा सुन्दरीमा !

काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही गरेको छ । नबिल बैंकले यसअघि जनता बैंकका समेत सञ्चालक रहेका गुुरुप्रसाद न्यौपानेलाई सेयर धितो लिएर १२ करोड ५० लाख रुपैयाँ कर्जा दिएको थियो । तर उक्त कर्जा गैरकानुुनीरुपमा प्रवाह भएको भन्दै राष्ट्र बैंकले नबिल बैंकमाथि छानविन गरी कारबाही प्रकृया अगाडि बढाएको छ । 
पहिलो चरणमा नेपाल राष्ट्र बैंक अन्र्तगतको बाँणिज्य बैक सुपरीवेक्षण बिभागले नबिल बैंकलाई स्पष्टीकरण लिएर कर्जाको बारेमा सोधेको छ । उक्त कर्जा आर्थिक बर्ष २०७२—०७३ मा प्रवाह भएको थियो । उक्त कर्जा दिंँदा नबिल बैकका प्रमुुख कार्यकारीको रुपमा अनिल ज्ञवाली रहेका थिए । जनता बैंकका सञ्चालक न्यौपानेले ज्ञवालीलाई प्रभावमा पारेर आफ्नो स्वामित्वमा रहेको अपी पावर कम्पनीको सेयर धितो राखेर १२ करोड ५० लाख रुपैयाँ कर्जा लिन सफल भएका थिए । 
उक्त कर्जा प्रकरणलाई पटक पटक बैंकको व्यवस्थापन पक्षले गुपचुुपमा राख्ने गरेको थियो । तर बैंकको बाह्य लेखापरीक्षक टिआर उपाध्याय एण्ड कम्पनीले उक्त कर्जाको बारेमा जानकारी माग गरेपछि उक्त कर्जा प्रकरण बाहिर आएको हो । निजी क्षेत्रको सबै भन्दा ठूलो र बढी मुनाफा आर्जन गर्ने बैंकको हवाला दिंदै आएको नबिलमा यसअघि पनि कमर्चारीहरुले चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका छन् । 
केही समयअघि आन्तरिक बढुवाका बिषयमा कुरा गर्न खोज्दा प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले भेट नै नदिए पछि बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । जोशी आफैमा अरुले ठूलो भनून् नभनून् आफै ठूलो पल्टिने स्वभावका बैंकर हुन् । सुरा सुन्दरी भए तुरुन्तै भेट्ने नियत भएका उनी हरेक पटक अखबारहरुमा सुन्दरीका लाउके भनेर समाचार नआएको होइन । बैंक र व्यवस्थापन –कर्मचारीबीच भएको तित्ततालाई सामूहिक छलफलकोबीच नटुंग्याई अफिस समय नसकिँदै गाडी ढोकैमा लिएर आउनु भन्दै चालकलाई फोन गरी फूत्त हिँडने नियत देखाइरहेका छन् । यसले नबिल बैंकको शाखमा समेत नराम्रो हामी पुर्याइरहेको छ । 
जोशी आफू जस्ता छन् उनका केही हनुमान पनि त्यस्तै छन् उनी जस्तै । नबिल बैंकका माथिल्लो तहका कर्मचारीहरुको स्वभाव कहिलेकाही तल्लो तहका कर्मचारीमा पनि देखिन्छ । नबिल बैंकका कर्मचारीहरुको ग्राहकलाई गर्ने व्यवहार मालिकले नोकरलाई जस्तो हुने गरेको केही पीडितले बताए । नबिल स्रोत भन्छ, ‘यो सबै सिइओका कारण भएको हो । खराब नेतृत्वको गुण तल्लो तहका कर्मचारीमा पनि सर्दै गएको छ । यसले बैंक नै ध्वस्त हुने चिन्ता पनि बढाएको छ ।’ अमृतबजार साप्ताहिकमा खबर छ । 
बैंकका करिब चार सय कर्मचारीको हस्ताक्षरसहितको स्वीकृति लिएर पाँच जना अनशनमा बसेका थिए । कर्मचारी नियामवलीको पूर्ण कार्यान्वयन र संस्थागत सुशासन पालना नगरेको आरोप कर्मचारीले बैंक व्यवस्थापनविरुद्ध लगाएका छन् । बैंकले अन्तरिक कर्मचारीको वढुवाका लागि परीक्षा लिए पनि बर्ष दिन पुग्दासम्म नतिजा सार्वजनिक नगरेको आरोप उनीहरुको छ । अहिलेसम्म पनि बैंकले आन्तरिक बढुुवाको प्रक्रिया अगाडि बढाएको छैन । 
अर्कोतर्फ धितो मूल्यांकनकर्ता ‘श्रेष्ठ कन्सल्ट्यान्ट’का इन्जिनियर विशालसिंह अमात्यलाई बैकले गलतरुपमा कारबाहीको सिफारिस गरेको भन्दै धितो मुल्यांकनकर्ताहरुले पनि बैंकबिरुद्ध केही समय अघि आन्दोलन चर्काएका थिए । तर अहिलेसम्म पनि ‘भ्यालुुएटर’ र बैंक व्यवस्थापनको कुरा मिलेको छैन । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: