×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘सर्ट टर्म ट्रेड’ गर्नेहरुको रोजाइमा विमा र लघुबित्त , होल्ड गर्नेको रोजाइमा बैंकिङ समूह !

  • नरेन्द्र चुदाली
पछिल्लो समय बिमा र लघुबित्तमा पूँजी वृद्धिको तयारीसँगै लगानीकर्ताको ध्यान सोही समूह तिरै आकर्षित भएको देखिन्छ। यो सँगै पूँजी वृद्धिको नीति सार्वजनिक भैसकेका बिमा क्षेत्रबाट धमाधम हकप्रदको घोषणा भईरहेको छ । पछिल्ला कारोबारहरुमा विशेषगरि विमा समुहबाट लगानिकर्ताहरुले आकर्षक नाफा कमाएका छन् । पूँजीवृद्धि योजना अन्तरगत अधिकास बैक तथा बित्तीय सस्थाको सिल पुर्ण भएपछी लगानीकर्ताको झुकाब बैंकिङ समूह तिर त्यति देखिएको छैन । 
यद्यपि केही बैंकहरुको पूँजी अझै सिलिङभन्दा मुनि रहेपनी उनिहरुको पुजि वृद्धिको स्पष्ट खाका नहुदा लगानी कर्ता पर्ख र हेरको अबस्थामा रहेका छ्न । बैंकको सेयरमा दीर्घकालीन रुपमा राम्रो देखिएपनि ‘ट्रेड’ गरेर मुनाफा कमाउन चाहाने लगानिकर्ताका लागि बैकिङ समूह उपयुक्त देखिएका छैनन् । बिमा र लघुबित्तको कारोबार दैनिक रुपमा भारी मात्रामा बढने र छोटो समयमा नै मुनाफा कमाउन सकिने देखिएको छ । यद्यपि यस्तो कारोबारमा नाफा सङै जोखिम पनि उच्च हुनेमा लगानीकर्ता सचेत हुनुपर्ने देखिन्छ । 
गत बर्ष यहि समयमा नेप्से ले एतिहासिक कृतिमानी कायम गरेको थियो। अहिले भने बजार केही स्थिर देखिएको छ। विमा र लघुबित्त समुहमा भारी वृद्धि देखिएपनी नेप्सेमा भारी हिस्सा रहेको बैंकिङ समुहमा वृद्धि आउन नसक्दा त्यसको असर समग्र परिसूचकमा देखिएको छ । 
सामान्यतया सेयर बजारको सिजन मानिने यो समयमा सुचिकृत सस्थाका बित्तीय विवरणहरु सार्बजनिक हुने क्रममा रहेको र कम्पनी हरुले पनि राम्रो प्रतिफल हासिल गरिरहेकोले नेप्सेलाइ सकारात्मक असर गर्ने देखिन्छ । यसैगरी अनलाइन कारोवार , ब्रोकरलाइ डिलरशिप र मार्जिनलेन्डिङ, अनलाइन आस्वा लगायत पूँजीबजारको सुधार योजनामा भैरहेको प्रगतिले बजारलाइ हौसला प्रदान गर्ने देखिन्छ । 
लेखक नरेन्द्र चुदालीका यी लेखहरु छुटाउनुभयो कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: