×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाली पूँजी बजारमा विविधीकरण : कति उचित, कति अनुचित ?

  • नवराज घिमिरे :- लगानीकर्ता / विश्लेषक
नेपाली पूँजी वजारका लगानीकर्ताले diversification ( विविधीकरण) गरेर लगानी गर्नु आफैमा सुन्दर पक्ष हो । एकथरी लगानीकर्ता मैले कस्ता भेटेको छु भने भिडलाई जम्मा गरेर आनन्द लिने । मेरा एक जना मित्र हुनुहुन्छ उहाँसँग प्राय: धेरै कम्पनीको २५/२५ कित्ता सेयर छ । एक दिन उहाँसंग मेरो भेट भयो । अनि, नवराज जी मेरो Portfolio हेर्नस भनेर देखाउनुभयो । उहाँको ३ लाखको Portfolio थियो । त्यसमा ४० कंम्पनीको सेयर थियो ।
कुनै रु.२००० पर्ने सेयर , कुनै रु.१००० को , कुनै रु. ५०० को , कुनै रु. २०० पर्ने थियो । कुनै कंम्पनीको २ कित्ता, कुनैको ७ कित्ता, कुनैको १० कित्ता यसरी थियो । अनि मैले सोधे मित्र यति धेरै कम्पनीको सेयर किन जम्मा गर्नु भएको ? मेरो प्रश्न भुईमा खस्न नपाउदै उहाँ भन्नुहुन्छ , मैले Diversification (विविधीकरण) गरेको नि मित्र ! अव हामी विचार गरौ यस्तो किसिमको विविधीकरण कति उचित होला । 
विविधीकरणको मतलव यो हो की वजारमा कारोवार हुने विविध सेक्टरहरु मध्य राम्रो राम्रो कंम्पनी छानेर सेयर खरिद गरेर विविधीकरण गर्नुपर्छ । प्राय: जसो सेयर वजारमा र्पत्यक दिन जसो कुनै न कुनै ‘सेक्टर’ हावी भईराखेको हुन्छ । जस्तो कुनै दिन वैंक , कुनै दिन ईन्सुरेन्स , कुनै दिन हाईड्रोपावर , कुनै दिन होटल , कुनै दिन लघुवित्त इत्यादी । अव हामी लगानीकर्ताले वुझ्नुपर्ने चुरो कुरो के हो भने , जुन सेक्टको सेयर लिन्छौ त्यसको वजारमा ‘प्रफमेन्स’ कस्तो छ ।यो कुरा विचार गरेर सेयर छनोट गर्नुपर्छ ।
जस्तो की कहिले कहिले वजारमा एक थरी गलत हल्ला मच्चिन्छ । त्यो गलत हल्ला आफुले खरिद गरेको सेक्टरको पनि हुन सक्छ । त्यस वेला सेयरको भाउ घटछ तर के भयो त तपाँईले विविधीकरण गर्नु भएकै छ । अर्को सेक्टरको सेयरले तपाँई लाई सुरक्षित गरि राखेकै हुन्छ । विविधीकरणको नाममा तपाँई संग भएको सवै सेक्टरको पुराका पुर सेयर हुनु पर्छ भन्ने जरुरी छैन । सवै भेडा मात्र एक कठ्ठा गरेर फाईदा लिन सकिदैन । 
लिँदा-लिँदा तपाँईसँग थोरै-थोरै कित्ताको निकै ठूलो भीड भईसकेको हुन्छ । त्यति ठूलो Portfolio मा तपाँईले सोचेजती ध्यान दिन सक्नु हुन्न । कुन कंम्पनीको कहिले राईट आउछ , कुनको कहिले वुक क्लोज हुदैछ , कुनको कहिले वार्षिक साधारण सभा छ , त्यो वुझ्न सकिदैन । कुन कंम्पनीको भाउ वढेको छ , कुन कंम्पनीको भाउ घटेको छ थाहा हुदैन । अनि दुई महिना पछी थाहा हुन्छ की ए मैले किनेको फलानो कंम्पनीको भाउ वढीकन घटी पो सकेछ , भन्नु भन्दा वाहेक अरु केही हुदैन । 
त्यसैले Diversification यति हुन जरुछ की जुन तपाँई समाल्न सक्नु हुन्छ । जुन कंम्पनीको सेयर वढी चल्छ त्यो भित्र रहेर विविधीकरण गर्नु पर्छ । उदाहरणको लागी कुनै ५ वटा सेक्टर तपाँइले छनोट गर्नु भएको छ , त्यस भित्र ५० वटा कंम्पनी छन भने सवै सेक्टरवाट गरी १०/१५ वटा कम्पनी छान्नुस । जसरी कुनै परिवारमा कुनै परिवारमा २०/२५ जना वस्छन कुनै परिवारमा ४ जना मात्र वस्छन भने पक्कै पनि २०/२५ जनाको परिवारमा निगरानी कम पुगेको हुन्छ । ठ्यक्कै सेयर वजारमा पनि यस्तै हुने गर्छ । 
सेयर वजारवाट मुनाफा लिनलाई पनि २०० कंम्पनीको Portfolio वनाएर तपाँले जिन्दगीमा फाइदा लिन सक्नु हुन्न । यति धेरै कंम्पनीको Fundamental Analysis गर्न पनि गार्हो हुन्छ । त्यसैले त भन्ने गरिन्छ सेयर वजारमा राय , सल्लाह , सुझाव सवैको लिनु र रोम्रो अध्यायन गरेर निर्णय आफै गर्नू ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: