×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेको महाप्रबन्धक को हुने भने टुंगो लाग्यो ! ३ जनाको नाम सिफारिस गरी क्याबिनेटमा पठाईदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सीताराम थपलियाको कार्यकाल सकिएसँगै नेप्सेको महाप्रबन्धक को बन्ला भन्ने चर्चा चलिरहेका बेला नेप्सेको महाप्रबन्धक पदमा कसलाई नियुक्त गर्ने भन्ने टुंगो लागेको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै अर्थमन्त्रालय स्रोतले भन्यो, ‘को-को तीन जनालाई सिफारिस गर्ने र कसलाई नियुक्त गर्ने भन्ने आन्तरिक निर्णय भइसक्यो । सोमबार क्याबिनेटको बैठक डाकिएको छ । उक्त बैठकले अन्तिम निर्णय गर्नेछ । सोमबार सम्भव नभएको खण्डमा मंगलबार नेप्सेले नयाँ जीएम पाउने पक्का छ ।’
को होला नेप्सेको हाकिम ?
‘निर्णय नभईसकेको भए कसको पल्ला भारी छ भन्न सकिने थियो । तर अव निर्णय नै भइसक्यो । त्यसैले अहिले केहि पनि नभनौं । सोमबार बेलुका थाहा हुनेछ । सोमबार नभए मंगलबार नेप्सेले नयाँ जीएम पाउने पक्का छ ।’ अर्थ मन्त्रालय स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । नेप्सेको हाकिम हुने चाहाना बोकेर मन्त्रालय धाउनेको संख्या एक दर्जन बढी भएको समेत स्रोतको दावी छ । ‘सीताराम थपलिया, भोला पाण्डे लगायत त देखिएका पात्र हुन् । नदेखिएका पात्र हरु पनि थुप्रै आएका छन् मन्त्रालयमा । अर्थमन्त्रीले भनेर पनि खास केहि नहुने हुनाले आरजु देउवासम्म यो बिन्ती लिएर जानेहरु धेरै छन् । अन्तत: राम्रै मान्छे नेप्सेको जीएम हुँदैछन् भन्ने कुरामा भने शंका नहोला ।’ स्रोतले भन्यो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: