×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तोकियो काठमाडौंमा नयाँ ‘वान-वे’, अब कहाँ-कहाँ सवारी दायाँ मोड्न पाइँदैन ?

काठमाडौं । ट्राफिक प्रहरीले अब काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दायाँ मोड्न नपाइने ब्यवस्था पनि कडाइका साथ लागू भएको छ । अब लेन अनुशासनलाई थप कडाइ गर्न सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द गर्ने निर्णय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङ्मार लामाले जानकारी दिए ।
अहिले सवारी गइरहेको साइडभन्दा पारिपट्टीको बाटो प्रयोग गर्न विपरीत लेन हुँदै सवारी क्रस गरेर जाने प्रचलन छ । सवारी फर्काउन पनि विपरित लेनमा जथाभावी दायाँ मोड्ने गरिएको छ ।
तर, अब नयाँ नियम लागू गरेर यसमा कडाइका साथ रोक लगाइनेछ । सवारीहरुले ट्राफिक आइल्याण्डबाट मात्रै राइटसाइड मोड्न सक्नेछन् । जथाभावी दायाँ मोड्न दिँदा सवारी जाम बढेको र ट्राफिकलाई पनि हैरानी भएको ट्राफिक प्रहरीको दाबी छ ।
ट्राफिक आइल्याण्ड नभएका क्रसिङ बाटोमा अब राइट मोडेर विपरित दिशाको सडकतर्फ जान पाइने छैन । यसका लागि विभिन्न स्थानहरु नै तोकिएको छ ।
ट्राफिकले त्रिपुरेश्वर-कालिमाटी सडकको कनक पेट्रोल पम्प र नयाँ बाटोमा दायाँ मोड्न निषेध गरेको छ भने माइतिघर-कृष्णपाउरोटी सडकको कुमारी मोड र शंकरदेव मोडमा दाया मोड्न पाइने छैन ।
नयाँबानेश्वरतर्फबाट जाँदा पुरानोबानेश्वर सडकबाट भिमसेनगोला जान निषेध गरिएको छ भने कान्तिपथको ज्याथा गल्ली, हनुमानस्थान, इनारमोड, कानदेवतास्थान, बखुन्डोल, दमकल मोडमा दायाँ मोड्न नपाइने भएको छ ।
छातेगणेश, न्यूरोड पिपलबोट, अमृत साइन्स क्याम्पस, सोह्रखुट्टे ओरालो, बाँसघारी, कुमारी मन्दिर र ज्ञानेश्वर ओरालोमा दायाँतर्फ मोड्न नपाइने भएको छ । एयरपोर्टबाट आएको सवारी सिनामंगलमा राउण्ड लिनेछन् ।
त्यसैगरी काठमाडौं उपत्यकामा थप वान-वे तय गरिएको छ । सडकमा एकतर्फमात्रै जान पाइने गरी थप वान-वे तय भएको हो ।
अब राष्ट्रपति कार्यालय पर्खाल भएर हेवी सवारी भित्र जान पाउने छैनन् । मैतीदेवी चोकबाट मन्दिरतर्फ जान निषेध गरिएको छ भने स्वयम्भू चोकबाट आनन्दकुटी, भगवानपाउ किमडोल हुँदै जान पाइने गरी स्वयम्भू चोकबाट किमडोल भएर छाउनीतर्फ आउन नपाइने ब्यवस्था गरिएको छ ।
खिचापोखरीबाट एभरेष्ट बैंकतर्फ जान पाइने छैन भने सातदोबाटोबाट चापागाउँ मोडतिर जान पनि निषेध गरिएको छ । बाटुलेघर हुँदै चारखालतर्फ जान पाइने छैन ।
त्यसलाई वान-वे गरिएको छ । कृष्णपाउरोटी चोकबाट बैंक अफ काठमाण्डुपट्टी जान गल्लीको बाटो खुलाइएको छ ।- अनलाइन खबर 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: