×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कार्तिकदेखि अनलाइन आउँदैछ भनेर मख्ख पर्नुभो ? अव धेरै मख्ख नपर्नुस्, यस्तो छ खास भित्री कुरो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – स्वचालित अनलाइन कारोबार प्रणाली धेरैको पर्खाइको विषय हो । यो प्रणाली आउनु भनेको नेपाली पूँजी बजारका लागि कोशेढुंगा नै हो । अनलाइन कारोबार प्रणाली आउने भन्ने कुरा पनि सत्य हो । अनलाइन कारोबार प्रणाली निर्माण भैरहेको कुरापनि सत्य हो । तर बुधबार नेप्सेले निकालेको विज्ञप्तिका पछाडि भने केहि रहस्य छ । नेप्सेका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग कुरा गर्दै बुधबार विज्ञप्ति आउनु पछाडिको रहस्य र कारोबार प्रणालीको निर्माण कार्यको स्ट्याटस बारे यस्तो बताएका छन् ।
१. ‘नेप्सेका महाप्रबन्धक सीताराम थपलिया पुन: नेप्सेमा दोहोरिन लविङ गरिरहेका छन् । यो बेला उनी मैले सुरु गरेको अनलाइनको काम म नदोहोरिए लथालिङ्ग हुन्छ भन्दै जीएम पदका लागि लविङ गरिरहेका छन् । आफ्नो कार्यकाल सकिंदै गर्दा उनले यस्तो विज्ञप्ति निकालेका हुन् । यस विषयमा वाईको प्रालिसँग पटक पटक छलफल भएको छ ।
२. वाईको प्रालिका एक अर्का उच्च तहका कर्मचारीले दिएको जानकारी अनुसार अनलाइन प्रणालीको काम पहिला जति सकिएको थियो अहिले खास अगाडी बढेको छैन । काम सकिनै लाग्यो जसरी डेमो देखाउने भन्दै केहि समय अगाडी लगानीकर्ताहरुलाई वेवाकुफ बनाउने काम भएको थियो । त्यसपछि केहि काम सकिएको छ । अहिले खास काम अगाडी बढेको छैन । तर सीताराम थपलिया नै नेप्सेमा दोहोरिएभने यो काम कार्तिक होइन अर्को असारसम्मपनि अनलाइनको काम सकिंदैन । थपलियाले चाहेको भए यो साउन १ देखि अनलाइन आउन सक्थ्यो । 
३. विज्ञप्तिमा भाद्रबाट परिक्षण सुरु गर्ने भनिएको छ । साउन २४ देखि कार्यकाल सकिने हुनाले नेप्सेमा दोहोरिने गोटीको रुपमा विज्ञप्ति जारी गरिएको नेप्से स्रोतकै दावी छ । आज अर्थात विहिबार नेप्सेको नयाँ जीएमबारे क्याबिनेटमा निर्णय हुने भनिएपनि थपलिया निकटहरुकै दवावका बीच उक्त समय अर्को सोमबारसम्मका लागि सरेको छ । उक्त समय सार्ने भन्ने निर्णय मंगलबार भएपछि लविङका लागि बुधबार विज्ञप्ति निस्किएको हो । 
४. बुझने पर्ने कुराचाहिं के छ भने अनलाइन कारोबार प्रणाली चाहेको भए यहि साउन १ देखि सुरु हुन सक्थ्यो । वाईको प्रालिको कामको विवरण हेर्ने हो भनेपनि नेप्सेको उच्च तहको निर्देशन अनुसार काम ढिलो भएको स्पष्ट हुन्छ । विभिन्न स्वार्थ्यपूर्तीका लागि कहिले डेमो भन्ने कहिले सेमी अनलाइन भन्ने जस्ता नौटंकी यसअघिपनि देखिएका थिए । न त सेमी अनलाइन आयो, न वाईकोले डेमो नै देखायो ।
५ . सीताराम दोहोरिएनन् र काम गर्ने मान्छे नेप्सेमा आयो भने कार्तिक होइन दशैंसम्ममा नै अनलाइन कारोबार प्रणाली सुरु हुन्छ ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: