×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी साना ‘पशुपतिप्रसाद’हरु… जो १ रुपैयाँका लागि यतिसम्म गर्न तयार छन् !

  • रेखा ग्वायमरु / अर्थ सरोकार डटकम  
काठमाडौँ – साउन लागेसँगै देशभरका शिवालयहरुमा भीड लागेको छ । शिवालयहरुमध्ये पनि सबैभन्दा बढी भीड हुने गर्दछ पशुपतिनाथमा । र पशुपतिको भीडसँगै यहाँ थुप्रैको व्यापार चलेको छ । माला बेच्नेहरुदेखि पशुपति वरपर अन्य व्यापार गर्नेहरुलाई साउनभन्दा बढी ‘दशैं’ लागेको छ । नेपाली चलचित्र पशुपतिप्रसादमा देखाईएझैं पशुपतिको यथार्थ हो यो, ‘जहाँ १ रुपैयाँका लागि बालबालिका जोखिमयुक्त काम गरिरहेका छन् ।’ दिनको आरम्भदेखिनै पशुपति मन्दिर नजिकै रहेको र्आयघाटमा पुगेर यिनीहरुको दैनिकी सुरु हुन्छ । र अरुले बगाएको पैसा र बत्ती भएको टपरी कुन बेला खोलामा आउँछ भनेर कुरेर बस्छन् । यिनीहरु मात्र होइन यिनीहरु जस्ता धेरै बालबालिकाहरु पशुपति वरपर भेटिन्छन्, जसलाई जीवनभन्दा प्यारो त्यो एक रुपैयाँ छ ।
साउन सोमबार यिनीहरुका लागि ‘बिजनेश डे’ हो । उनीहरु निकै खुसीका साथ अरुले पैसा बगाएको हेरेर बस्छन् । र कसैले पैसा बगाउने बित्तिकै हाम फालीहाल्छन् बागमतीमा । र यसैगरी दिनचर्च्या चलेको छ ती साना बालबालिकाहरुको ।  ‘पढ्न जाने गरेको छैन ?’ हाम्रो प्रश्नमा पशुपतिमा भेटिएका साइला उपनामले चिनिने गरेका बालक सुरेश भन्छन्, ‘अहँ छैन ।’ ‘आजभोलि त साउनको समय छ । पैसा पाउनको लागि त्यति गारोपनि छैन । नत्र त्यहि एक रुपैयाले गर्दा साथीहरु झगडा मात्र होइन कुटपिट पनि चल्छ यहाँ । हामीहरुचाहिं मिलेर पैसा बाढछौं । सबैको ग्यांङ छ, ठूला दाइहरुले देख्नुभयो भने कुट्नुहुन्छ ।’ आफ्नो कसैले नासुनिदिएको पीडा पोख्दै थिए सुरेश । 
यहिबाटो एनजीओ चलाएर बालश्रम वा बालबालिकाका अधिकारका चर्चा भाषण गर्नेहरु पनि हिड्छन् । सायद यिनीहरुलाई उनीहरुले देख्दैनन् होला । कापी र कलम समाउनु पर्ने समयाम यि र यस्ता धेरै बालबालिकाहरु यही काम गरी रहेका सहजै पाउन सकिन्छ । सरकारले सबैलाई शिक्षा भन्दै कक्षा १० सम्म नि: शुल्क शिक्षा दिने घोषणा गरिरहेको छ । तर यहिबेला यि र यस्ता बालबालिका भने १ रुपैयाँका लागि ज्यान दिइरहेका छन् ।

साउन सन्दर्भका यी सामाग्रीहरु छुटे कि ?

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: