×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् चर्चित व्यवसायी अपहरणपछि हत्या काण्डकी ‘हिरोइन’, यसरी फसाएकी थिइन् श्रेष्ठलाई

गत जेठ २६ गते अपहरणमा परेका तुलसीपुरका चर्चित व्यवसायी राजकुमार श्रेष्ठको शुक्रबार अन्त्यष्टी गरिएको छ । अपहरण परेको २१ दिनपछि प्रहरीले शुक्रबार सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे लेक भञ्ज्याङ जंगलमा श्रेष्ठको शव फेला परेको थियो ।
राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहका अनुसार हत्या गरिसकेपछि पनि अपहरणकारीले घरमा फोन गरेर ३ करोड फिरौती मागेका थिए । अपहरणकारीहरु पटकपटक जेल परेर छुटेका आपराधिक पृष्ठभूमिका व्यक्तिहरु रहेको शाहको भनाई छ ।
अपरहणमा संलग्नहरुको बयनका अाधारमा श्रेष्ठको शव पत्ता लागेको प्रहरीले बताएको छ । प्रहरीले जंकोट–१ रोल्पा घर भई घोराही–४ बस्ने ४० वर्षीय रमेश भनिने मनबहादुर पुन, दाङको पवननगर–१ घर भई हाल तुलसीपुर–६ बस्ने २३ वर्षीय रुगत थापा मगर, तुलसीपुर–१२ का २५ वर्षीय कमल भनिने अविरल महतरा र घोराही–१४ नयाँ बजारकी ३८ वर्षीया जमा पुनलाई अपहरणको अारोपमा पक्राउ गरेको छ ।
व्यवसायी श्रेष्ठको अपहरणमा एक युवती र भारतीय पेशेवर व्यक्ति प्रयोग भएको प्रहरीको निष्कर्ष छ । अपहरणमा संलग्न युवती १७ वर्षीय पुजा घर्ती हुन् । उनी तुलसीपुर–६ बस्ने ४० वर्षीय निर्मल भनिने टीकाराम घर्तीकी छोरी हुन् । टिकाराम फरार छन् ।
व्यवसायी श्रेष्ठसँग योजनाअनुसार हिमचिम बढाएको र अपहरणको दिन सल्यान घुम्न भन्दै सँगै गाडीमा हिडेको प्रहरीको दाबी छ । उनी अहिले फरार छन् ।
भारतीय अपहरणकारीको योजनाअनुसार टिकारामले अाफ्नै छोरीलाई अपहरणमा प्रयोग गरेको प्रहरीको दाबी छ । पूजाले फोन गरेर व्यवसायी श्रेष्ठलाई सल्यानसम्म लगेको र त्यसपछि अन्य समूहले अपहरण गरेको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए ।
अपहरणकारीले फिल्मीशैलीमा पुजालाई प्रयोग गरेको प्रहरीको दाबी छ । व्यवसायी श्रेष्ठ जेष्ठ २६ बिहानसम्म घर नअाएपछि श्रीमतीले प्रहरीलाई ६ बजे खबर गरेकी थिइन् । अघिल्लो दिन बेलुका शुक्रबार रोटरी क्लब तुलसीपुरको बैठकमा सहभागी भएका श्रेष्ठ घर नफर्केर बेपत्ता भएका थिए ।प्रहरीले सोहि दिन दिउँसो श्रेष्ठ सवार बा १२ च १०७१ नम्बरको गाडी सल्यानको रिममा फेला परेको थियो । गाडीमा युवतीले प्रयोग गरेको स्याण्डल भेटिएपछि अपरहण गर्न युवतीको प्रयोग भएको प्रहरीले अाशंका गरेर अनुसन्धान सुरु गरेको थियो ।
तुलसीपुर उपमहानगरपालिका ५, बसपार्कका ५३ वर्षीय व्यवसायी श्रेष्ठको अन्त्येष्टीमा हजारौंको सहभागि थिए भने शोकमा तुलसीपुरमा तीन दिनका लागि बजार बन्द गरिएको छ । श्रेष्ठको गाडीसँगै भारतीय एचपी ११८६४८ नम्बरको गाडी पनि भेटिएपछि अपहरणमा भारतीय अपराधिक गिरोहको संलग्नता भएको पुष्टि भएको हो ।
श्रेष्ठसँगै अपहरित भनिएका घोराही हापुरका २८ वर्षीय रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: