×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुट नेताहो लुट, लुट्नेहरुकै दिन छ !

  • प्रताप शर्मा 
यो समाज माहत्मा गान्धीकोशान्तिपूर्ण अान्दोलनको शिक्षा ग्रहण गरेको समाज मात्र होइन , यो समाज माहत्म गान्धीको हत्या गर्ने नाथुराम गोड्सेहरुको पनि समाज हो । आफ्न आफ्ना पुषटीहरु हिजो पनि हुन्थे आज पनि हुन्छन । गौतम बुद्धले जन्म लिनु भएको यो नेपाली समाज जहाँ एक दसक रक्तपात पूर्ण क्रान्ति भयो तर त्यै क्रान्तिको भरमा आज नेपाली समाज गणतन्त्रको अभ्यासमा छ । 
गौतम बुद्धको शान्तीलाई स्विकार गरिरहदा किन आबस्यक पर्‍यो एक दसकको बिद्रोह ? तपाईं यहाँ नेर नै आलोचनात्मक प्रश्नको उठान गर्नु होस् । के बिद्रोहले सफलता हासिल गरेर नै टुङोमा पुग्यो ? नेपाली क्रान्ति सहमतीमा टुङियो जस्का अस्तन्तुस्ट आवाजहरु आज पनि गुन्जिदै छन ।२००७ सालको क्रान्तिबाट भिम दुत्त पन्त , के अाइे सिंह हरु असन्तुस्ट नै रहेका हुन । उनिहरुको अल्पमत क्रान्तिको बिसर्जन बन्न पुग्यो । आज सम्म त्यो घटना निरन्तर दोहोरिएको छ । राजनीतिमा जब बिद्रोहले पूर्ण रुपमा जित्दैन कि याथास्तिती स्विकार गर कि सन्यास लिउ भन्ने नै हुन्छ ? 
दुई नबिन आलोचनात्मक र परस्पर बिरोधी कुराको एकै चोटि बिकास हुँदा मस्तिस्कले छुट्टाउन नसक्ने र बिषयबस्तु एकले आर्कोलाई गम्भिर देख्ने अनी बिरोधआत्मक शैली ग्रहण गर्ने यो हुनु स्वाभाबिक नै हो । नेपाली समाज यो बिसिस्ट प्रक्रितीको समाज हो जसले आलोचना र बिकासलाई एउटै हिसाबमा सँग सँगै बुझ्ने गर्दछ । सम्सदिय ब्यबस्था नै नस्विकार्नेले यो ब्यब्स्थामा हुने घ्रीणित खेलको बिरोध गर्दै फुलमाला लाउनु पर्छ भन्ने मलाई लाग्दैन । केबल मेरो आग्रह के हो भने यो ब्यबस्था जनता लुट्ने ब्यबस्था हो , अपराध , हिम्शा , दण्डहिनता , भ्रस्टचार हुनु नयाँ र नबिन कार्य होइन । २००७ देखी आज सम्मका राजनैतीक घटना हेर्नु भो भने गरीबले न्ययाको अनुभुती गर्न सकेको छैन । गरीब र धनी बिचको बर्गिय खाँडल किन बढ्दै छ ? जनताको सचेत खबर्दारीलाई बिषयन्तर गर्न अहिलेका राजनैतीक दलले एउटा एउटा तुरुप फ्याकदिन्छन , त्यसैको एउटा तुरुप थियो , १६ करोड ? 
आजका बिभिन्न पार्टीका सिर्स नेताको सम्पत्ती छानबिन गरौ , रातारात कसरी उनिहरु धनी बने त ? कही कतै लगानी नगरिकन रातरात धनी हुने यो राजनीतिको पेसा सबैले गरे भयो नि , होइन ? यो पद्दत्ती भित्रको जालोलाई अध्ययन गर्दा १६ करोडलाई मैले अन्यथा लिइन । किनकी यहाँ अरबौको भ्रस्टचार छ जुन न प्रमाणीत हुन सक्छ न यस्को श्रोत नै खुल्न सक्छ । ति क्रमचारी त भ्रस्टचारको एउटा नमुना मात्रा हुन ।
एउटा क्रमचारीले ४ अर्ब भ्रस्ट्चार गर्छ , यो देशमा हुने दिनहुको संस्थागत भ्रस्टचार रोक्न मात्रै सके हाम्रो PCI , GDP , GNP ,HDI काहा पुग्थ्यो ? मेरो भन्नु यती हो कि बिधीको बिकास गरौ । हाम्रोमा बिधी पनि राजनीति बाट बस्छ यसको अर्थ नेताको चाकडी र दलाली गर्नेहरुको नियुक्ती हुन्छ र तिनै ब्यक्तीबाट निस्पक्ष अनुसन्धान हुन सक्छ भन्ने मलाई चाँही लाग्दैन । 
भ्रस्टचारमा सुन्य सहनशिल्ता लियको हाम्रो सरकार , जहाँ महिनौ धाउन भन्दा २ – ४ सय तिरेर काम गराउनु सजिलो छ ? अब आँफै भन्नुस् भ्रस्टचार गर्न दिनु हाम्रो बाध्यता हो या रोजाइे ? मेरो निरन्तरको जोड के मा हो भन्दा , राजनीति अपराध र भ्रस्टचार एउटै मालामा बुनिएको छ । कि यो ब्यबस्थाको बिरोधका लागि नेपाली जनताले एउटा वार र पारको बिद्रोहको मशाल बोक्नु पर्‍यो , होइन र सकिदैन भने हामीले लुट्न दिनु पर्‍यो , होइन त ? हामी बिद्रोह गर्न सक्दैनौ भने , हामीले ताली चाँही बजाउन सक्नु पर्छ अनी गाउँनु पर्छ यो गीत :
लुट लुट किनकी लुटेराहरु कै दिन छ । 
कालो दिन फाटेर पुन उज्ज्यालो हुने आश छ। 
लुट लुट किनकी लुटेराहरु कै दिन छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: