×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवालेझैं हप्काएर होइन, वौद्धिक उत्तर दिनुस् ‘गणतन्त्र कसले ल्यायो ?’

  • ई. सागर ढकाल
मलाई कांग्रेस एमाले र माओवादीको यो ६० बर्षे राजनीतिको एउटामात्र अति महत्वपूर्ण औचित्य कसैले भनिदिन सक्नुहुन्छ ? मेरो विनम्र आग्रह, सिर्फ एउटा महत्वपूर्ण औचित्य । तपाईंसँग जवाफ छ यसको ? जवाद दिनुभन्दा पहिला एक पटक तलका २-३ कुरा पढेर भन्दिनुहोला । खास के महत्वपूर्ण औचित्य थियो वा रह्यो अहिलेसम्मको राजनीतिक यात्राको ! 
१) गणतन्त्र कसले लिएर आयो ?
माओवादी जंगल पस्दा, बिरेन्द्र राजा थिए । राजा बीरेन्द्र बाँचीराख्दा माओवादीले झुक्किएर पनि सोचेको थिएन होला, ‘गणतन्त्र आउँछ भनेर ।’ प्रमुख नेताज्युहरु जवाफ दिनुस्, ‘राजा बिरेन्द्रको सत्यनास नभएको भए तपाइंलाई लाग्छ , जनता यसरी उर्लिन्थे र पापले भरिएको तत्कालिन राजतन्त्र हटाउथे ? ख्याल होस् , गणतन्त्र आएको कुनै सस्कृत मास्ने, ब्राह्मण, राई-लिम्बु-किरात लगायतका जातिको पहिचाननै सिध्याउने, गुडियाजस्ता कांग्रेस एमाले र माओवादीले होइन, बरु राजा वीरेन्द्रप्रतिको नेपाली जनताको प्रगाड मायाले हो । राजतन्त्र फिर्ता आउँछ ढुक्क हुनुस् । तर साहि राजतन्त्रचाई हुँदै होइन । यो पूर्ण रुपमा नास भैसक्यो । पहिले विकास अनि माया, सान्ति र एकताको लागि बेलायतमा जस्तो राजतन्त्र ल्याइनेछ । तर ५० वर्ष पछि मात्र । जुन बेला हामीलाई विकास भन्दा सान्ति, सुख र माया प्रमुख कुरा हुन्छन् ।
मैले भनेको छु ५० वर्षपछि मात्र । अवको ५० वर्षको हाम्रो मुख्य उदेश्य विकास मात्र हो । देशको GDP कम्तिमा 1000 billion US$ पुर्याउने मात्र हो । अरु केहि होइन । किरात त नस्टनै भैसक्यो, अवपनि यस्तै हो भने ब्राह्मण भन्ने जाति पनि नस्ट भएरै जाने छ । अहिले ब्राह्मणले त टुप्पी पाल्नु , जाँड रक्सि नखानु , बेद- हनुमानचालिस-रुद्री –चण्डी पढ्नु भनेको पाखण्ड र लाजको विषय भइसक्यो । यो तपाई हाम्रो गल्ती होइन, बिगत ६० वर्ष देखिको हाम्रा ५-१० नेताहरु मात्र हुन् । अरु कोहि पनि होइन । 
अहिलेका कुन ब्राह्मणका नेताले आफ्नो पहिचान जोगाएका छन् , कोहि १-२ जना त भन्नुस ?? हो यस्तै ब्राह्मण जाति नास भए जस्तै गएर हाम्रो सम्पूर्ण ४ जात ३६ बर्ण मिलेर बसेका जातजातीबीच भांडभैलो मचाएर यस्तै गरेर एक-एक गरेर सब जात-जति नास हुनेछन । अब आजको दिनबाटपनि हामी सचेत भएनौ भने । 
आउनुहोस् अब विकाससंगै सबै जात जातिले आ-आफ्नो पहिचान पनि जोगाऊ, पहिलेजस्तै ४ जात ३६ बर्ण मिलेर मिलेर बसौ । नेपालको र काठमाडौँको स्वर्ण युग फिर्ता लिएर आउँ । अबको ५० बर्सपछि, जुन बेला हामीलाई ५-१० वर्षमा फेरिराख्ने देशका अति उत्कृष्ट सफल प्रधानमन्त्री सँगसँगै आफ्नो छोराछोरी जस्तै सबै नेपाली जनतालाई सधैभरि माया गर्ने राजा जनकको खाचो पर्छ, त्यो बेला बल्ल राजतन्त्र आउंछ । अहिले भन्न खोजेको पटक्कै होइन , यो मुद्धानै नउठाउंदा नै रम्रो होला अबको ५० वर्षलाई ( यो भनिराख्दा विश्वकै अति बैज्ञानिक जीवन जिउन सिकाउने भागवत गीता सम्झिन आग्रह गरें ।) 
२) राजतन्त्र हटाउनु ठुलो उपलब्धि लाग्छ तपाइलाई ? बेलायत , थाईल्याण्ड, लगायत कयौं मुलुकमा राजतन्त्र अझै छ । 
३) ६० बर्षे आन्दोलन एक झट्कामा गर्न सकिन्थेन, अरु देशमा जस्तो ।दुर्दसि नेता खोइ ? ५-१० वर्ष भन्दा अगाडी र सत्ता पछाडी कहिले सोच्न सके हाम्रा कोहि नेताले ?
४) तपाईंले भन्नुहोला तिमि जे बोलिरहेको छौ स्वतन्त्र छौ , त्यो कांग्रेस एमाले र माओवादीको देन हो ।हावा गफ गरेर हुन्छ ? साउथ एशियामा कुनचाहिं एउटा मुलुक छ जहाँ स्वतन्त्रता छैन । बरु मलाई चिनमा जस्तै फेसबुकनै ब्याण्ड गर्ने सरकारको खाँचो छ, स्वतन्त्रताको नाममा यो गरिबी भन्दा । कुन ठाउंमा कुन जाति र महिला पुगे भन्दापनि मलाई मेरो पहिलो अधिकार पेट पाल्ने अधिकार पूरा भएको हेर्नु रहर छ । पेट पलिसकेपछि, बिकसित भैसकेपछि, बिहान साझा खान लगाउन पुगेपछि मात्र दिमागले अनेक अधिकारका कुरा सोच्न सक्छ ।
मलाई भोकै राखेर समानुपतिक र जातियताका कुरा आइन्दा नगरियोस् । भागवत गीतामा कहाँ तल्लो जातिले छोएको खानु हुदैन भनेर लेखेको छ ? भागवत गीतामा कहाँ महिला बाहिर सरेको बेलामा पुजा गर्नु हुदैन भनेर लेखेको छ ? भागवत गीतामा कहाँ अरु धर्मलाई सम्मान नगर भनेको छ ? ३ करोड नेपाली जनतामा कोहि एकजना मात्र पनि छ जोस्ले भागवत गीतामाथि प्रश्न उठाउन सक्छ ? भागवत गीता पढ्ने सबै हिन्दु हुनुपर्छ भनेर कहाँ लेखेको छ ? भागवत गीताले सबैको धर्म सनातन धर्म भनेको छ । विश्वकै दुर्लब हामीले हेपेको पुस्तक हो भागवत गीता । अव कुनै मार्क्सबाद, लेलिनबाद र समाजबाद पड्ने होइन खुरु खुरु हाम्रो देशमै उत्पति भएको हाम्रै भागवत गीता पड्ने हो, अनुसरण गर्ने हो, येही हो हाम्रो मार्गदर्सन । 
अब भन्नुस यी पार्टीले गरेचाहिं के ? यी नभएको भए के हुन्थ्यो । यिनी एउटा गुडियाभन्दा कसरि फरक भए । मलाई यी प्रश्नवापत शेर बहादुरले जस्तो हप्काई भन्दापनि एउटा बौधिक सोच्नलायक जवाफ दिनुहोला । मैले प्रस्न मात्र गरेको छु ,विश्वकै अति बैज्ञानिक सबैलाई समेट्ने भागवत गीता अनुसार देश चलाउने सोचेको छु । मेरो प्रश्नबाट मात्र विन्ती कोहि पनि नरिसाउनुहोला । सायद प्रस्न गर्न पाउने मेरो अधिकार हो । मैले हजुरलाई प्रश्न स्न मात्र गरेको छु । तपाईबाट हावा विना सदर्भका अब यसो गरौ उसो गरौ भन्ने उत्तर नभई गणितमा जस्तो माथिका प्रस्नको ‘टु द पोइन्ट’ बौधिक सोच्न लायक उत्तर खोजेको छु । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: