×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

शनि सेक्युरिटिजको यस्तो रबैया, ब्रोकरको दादागिरी बढेको भन्दै लगानीकर्ताहरु आक्रोशित !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सेयर खरिद खरिद गर्दा शनि सेक्युरिटीजबाट कारोबार गर्ने सेयर लगानीकर्ताहरुले सेयर खरिदको अर्डर गर्दाका बखतनै रकम भुक्तान गर्नुपर्ने बाध्यात्मक अवस्था शृजना गरेपछि लगानीहरु आक्रोशित भएका छन् । नियमत ३ दिन भित्र रकम राफसाफ गर्ने प्रावधान भएतापनि लगानीकर्ताहरुलाई दुख दिने बदनियतका साथ कम्पनीले यस्तो गलत काम गरेको भन्दै लगानीकर्ताहरु आक्रोशित बनेका छन् ।

के भन्छन् लगानीकर्ता ?
उक्त ब्रोकर कम्पनीले देखाएको यस्तो दादागिरीपछी लगानीकर्ताहरु ठुलो मारमा पर्ने र दैनिक कारोबार गर्न समस्या हुने गुनासो पोख्न थालेका छन् । ‘ब्रोकर कम्पनीको यस्तो रबैयाविरुद्धमा आज सम्बन्धित ब्रोकर कम्पनी र लगानीकर्ताहरु बीच २ पटक बैठक बसेता पनि बैठक बिना निष्कर्ष टुंगिएको बताइएको छ । यस्तो प्रावधान अन्य ब्रोकर कम्पनीहरुमा छैन । ‘अर्डर गरेको बेला नै चेक दिनुपर्ने रे ! अनि विक्री गरेको बेलाचाहिं रकम ढिला अलि अलि हुन्छ रे !’ यो हदसम्मको रबैया कति सहने ? यसको विरोध हुन जरुरी छ ।’ शनिबाट कारोबार गर्ने एक लगानीकर्ताले अर्थ सरोकार डटकमसँग भने । 
यस विषयमा शनि सेक्युरिटिजमा २: ५५ बजे फोन गरेर बुझ्न खोज्दा त्यहाँको फोन उठेन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: