×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बुटवलका जनतालाई कमाउन सिक्ने अवसर, शनिबार आयोजना हुँदैछ सेयर बजार सम्बन्धि विशेष तालिम !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – क्यापिटल प्लसको आयोजना र सफल इन्भेष्टमेन्टको सहकार्यमा बुटवलमा एक दिने सेयर तालिम सम्पन्न हुने भएको छ । मिति २०७४ साल साउन ७ गते शनिबार विहान १०:३० बजेदेखि ५:०० बजेसम्म सम्पन्न हुन लाग्यो उक्त कार्यक्रममा सेयर बजार के हो?, कसरी प्रवेश गर्ने, सेयर बजारलाई प्रभाव पार्ने तत्वहरु के के हुन् ? लगायतका विविध विषयमा तालिम प्रदान गरिने आयोजकले बताएको छ ।
थ्री एस इन्भेष्टमेन्ट र धीतोपत्र डटकमको समेत सहकार्य रहेको उक्त कार्यक्रममा सहभागी हुन ९८५७ ०११४२५ मा माधव प्रसाद पाण्डेलाइ सम्पर्क गर्न सकिने आयोजकले बताएको छ । कार्यक्रममा सहभागी हुन रु १००० रुपैयाँ तिर्नुपर्ने बताइएको छ ।
पछिल्लो समय देशभर यस्ता कार्यक्रमहरु आयोजना भइरहेका छन् । निजीस्तरबाट यस्ता तालिमको आयोजना गरीरहेको भएपनि नेप्सेले भने यस्ता कार्यक्रमहरु गर्न सकिरहेको छैन ।
स्मरण रहोस् उक्त कार्यक्रममा अर्थ सरोकार डटकम मिडिया पार्टनरको रुपमा रहेको छ । 

कार्यक्रम सम्बन्धी विस्तृत जानकारी निम्नानुसार छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: