×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइक्यान निर्णय उल्ट्याउने खेल र लेखा व्यवसायको भविष्य

  • उमेश राज पाण्डेय 

आइक्यान निर्णयलाई उल्ट्याउने नाममा आइक्यानको शैक्षिक गुणस्तरमाथि अनावाश्यक टिकाटिप्पणी सुरु भएको छ, आजमात्र एक अनलाइनले आइक्यानको प्रथम अध्यक्षलाई उधृत गरी आइक्यानको निर्णयलाई केटाकेटी पाराको संज्ञा दिनु भएको खबर आएको छ!

कहिलै कसैले नाम सुन्न नसकेको आइक्यान अचानक अनलाइन र छापा माध्यममा छाएको छ! अनि आइक्यानको यो निर्णयले नेपालको लेखा व्यवसायको गुणस्तर ह्रास आउने बहस छेडिएको छ!
निर्णय नहुँदा सम्म निर्णय हुन नदिने खेल ठिक मान्न सकिन्छ! तर निर्णय नै आइसके पछि यो निर्णय उल्ट्याएर स्थापित गर्ने खोजिएको चाहिँ के हो बुझ्न मुस्किल छ!
के आइक्यान को शैक्षिक गुणस्तर ठिक छैन? नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन समेत बनाउन भूमिका खेल्नेहरुले किन त्यो ऐनमा आइक्यानलाइ शैक्षिक अधिकार सम्पन्न बनाउनु भयो? आइक्यानलाई लेखा व्यवसायको नियमनकारी भूमिकामा मात्र सिमित गर्नु उचित हुन्न थ्यो र!
यो निर्णय उल्ट्याउने हो भने-
१. आइक्यानले विद्यार्थी भर्ना बन्द गरोस!
२. आइक्यानको ऐनबाट सिए उत्पादन गर्ने अधिकार खोसियोस!
३. संसारको कुनै पनि देशको सिए उत्तीर्ण व्यक्तिलाइ लेखा व्यवसायको इजाजत दिने कार्यमा मात्र आइक्यान सिमित होस्!
४. आइक्यानको शैक्षिक गुणस्तर नभए, किन नेपाल सरकारले अहिलेसम्म यसलाई सिए पढाउने अनुमति दिई रहेको हो, त्यो खारेज गरियोस!
५. आइक्यानको परिषदमा बसेर विदेश भ्रमण जान, साफाको अध्यक्ष/उपाध्यक्ष हुन र क्लाइन्ट बटुल्न मात्र बिचारा सोझा साझा जनताका छोरा छोरीलाइ गुणस्तरहिन शिक्षा दिन बन्द गरियोस!
यही बहसको सिलसिलामा हाम्रा अग्रजहरु पनि थपिंदा (उहाहरुको कोटकै साहारामा आइक्यानको शिक्षा गुणस्तरहिन छ भन्ने आरोप जबर्जस्ति स्थापित गर्नेको मनोबल बढेको देख्दा) उहाहरुको पसिना र दृष्टिलाई सम्मान गरी आइक्यान भन्ने संस्था पढ्न रोज्नु नै पो गलत थ्यो कि भन्ने लाग्न थालेको छ!
यो निर्णयको खारेजीको पक्षमा बोल्ने हाम्रा अग्रजहरुले यो निर्णय खारेजीले पार्ने larger impact बुझ्नु भएको होला त! यो निर्णय उल्ट्याउन lobbying गर्ने ग्रुपले आइक्यानको शैक्षिक गुणस्तर माथि प्रश्न चिन्ह खडा गरेको छ, के हाम्रा अग्रजहरुले त्यो प्रश्न चिन्हमा सहि छाप लगाउदै त हुनुहुन्न?
उहाहरुले यो निर्णय उल्टिनु पर्छ भन्दा, र उल्ट्याउनेको पक्ष लिंदा, ती निर्णय उल्ट्याउन मरीमेट्नेहरुले अहिले सम्म सबै छापा र अनलाइन माध्यममार्फत आइक्यानको गुणस्तर नभएको भनेर पारेको छापलाइ नै अनुमोदन गरेको ठहर्दैन र?
यो निर्णय उल्टिदा आइक्यान माथि लागेको शैक्षिक गुणस्तरहिनताको आरोप जबर्जस्ति स्थापित हुने शत प्रतिशत ग्यारेन्टी छ! त्यसले आइक्यानको विकासमा पार्ने दिर्घकालिन प्रभावको बारेमा सोच्दै नसोची भावनामा बगेर र बैगुनी नदेखिने नाममा जे जस्ता खेल चल्दै छन्, त्यसले समग्रमा नेपालको सिएको गुणस्तर र नेपालको सिए शिक्षाको विकासमा कम्तिमा अबको २० बर्ष प्रत्यक्ष असर पर्ने निश्चित छ!
त्यसका साथै नेपालमा नै गुणस्तरीय सिए शिक्षा प्राप्त हुन्छ भन्ने स्थापित हुदै गएको तथ्यमाथि अहिले इगो तथा भावना मिस्रित बहसले हिलो छेपने काम गरेको छ, र यसले पनि आइक्यानको विकासमा दिर्घकालिन असर गर्ने अवश्यम्भावी छ! पदीय राजनीतिमा पेशा र आइक्यानको विकास ओझेल परेको देख्दा म र मजस्ता धेरैमा नैराष्य आएको छ! हुर्किदै गएको, नेपालको लेखा व्यवसायको विकास हुदै गएको परिपेक्षमा आइक्यानलाई कहिल्यै स्वतन्त्र बन्न नदिने गरी भएका खेलले नेपालको लेखा व्यवसायलाई अन्तराष्ट्रियकरण हुन नदिई कुनै अमुक संस्थाको एउटा शाखाकै रुपमा राखीराख्ने अभिष्ट पूरा गर्न यो बहस अगाडि बढ्दै छ !
आइक्यानको निर्णय उल्ट्याने खेलले अन्तत: आइक्यानको सिए शिक्षा गुणस्तरहिन रहेको भन्ने आरोप जबर्जस्ति स्थापित गर्ने छ, र यसले दिर्घकालिन रुपमा आइक्यानको शैक्षिक विकासमा प्रत्यक्ष असर गर्ने छ! हाम्रा अग्रजहरुको अथक परिश्रमबाट स्थापित गरेको संस्थाको विकासलाई यो निर्णय उल्ट्याउने बहसले नकरात्मक असर पार्ने निश्चित छ! अब को प्रश्न: आइक्यानको अन्तराष्ट्रिय मान्यता थप बढाउने कि यसलाई अमुक संस्थाबाट उत्पादित सिएलाई मान्यता दिने संस्थाको रुपमा मात्र कायम राख्ने?
धन्यवाद
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: