×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ब्रोकर कमिसनमा भ्याट लगाउन सरकार र ब्रोकर सहमत, भ्याट ‘कष्टमर’बाटै उठाइने, औपचारिक निर्णय आइतबार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ब्रोकरको कमिसनमा भ्याट लगाउनेबारे सहमति जुटेको छ । अर्थमन्त्रालय र शेयर ब्रोकरबीच ब्रोकरको कमिशनमा भ्याट लगाउने विषयमा शुक्रबार सहमति जुटेको हो । प्राप्त जानकारी अनुसार राजस्व सचिव शिशिर ढुंगाना र नेपाल स्टक ब्रोकर एशोसिएसनबीच शुक्रबार साँझ भएको छलफलमा यस्तो सहमति भएको हो । पूरानो भ्याटका विषयमा भने उचित ‘मोडालिटी’ बनाएर अघि बढ्ने सहमति भएको छ । 
सहमति अनुसार भ्याट ‘कष्टमर’ बाटै उठाउने कुरामा पनि ब्रोकरहरुले सरकारलाई ‘कन्भिन्स’ गराएका छन् । यसको औपचारिक निर्णय आइतबार हुने बुझिएको छ ।  
यद्यपी आइतबार कारोबार सुचारु गर्ने भन्ने बिषयमा भने सहमति भएको छैन । शनिबार बस्ने निर्णयले उक्त सहमति गर्ने बुझिएको छ । महालेखा परीक्षकको कार्यालयले ब्रोकर कमिसनमा भ्याट नलगाइएको भन्दै अर्थमन्त्रालयलाई बेरुजु लेखेपछि आन्तरिक राजस्व विभागले शेयर ब्रोकरहरुको कमिसनमा भ्याट मूल्यांकन गर्न थालेको थियो । ब्रोकर नम्बर ५२ र ५३ लाई भ्याट भुक्तानी गर्न पत्रै काटेपछि ब्रोकरहरुले बिहीबार सेयरको कारोबारनै बन्द गराएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: