×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डा.भट्टराई बन्न पुगे रनभुल्लमा, पार्टी पदको विभाजनमा न यताको न उताको

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – चारैतर्फबाट असफलता मात्र व्यहोरिरहेका डा. बाबुराम भट्टराईसमेत पाटीृभित्रै विभिन्न गुट, उपगुटको संघर्ष र तानातानका कारण रनभुल्लमा परेको छ ।  उपेन्द्र यादवसँगको पार्टी एकता प्रयास असफल भएपछि भट्टराई पार्टीभित्रै नयाँ समीकरण बनाएर जाने अठोटसहित प्रस्तुत भएका छन् । केशव दाहाल, डम्बर बुढाथोकी, गंगा श्रेष्ठहरुको योजनालाई आफ्नै भएको बहानामा पार्टीको जिम्मेवारीमा हेरफेर गर्न कस्सिएका भट्टराईलाई यसैले न यता न उताको बनाएको छ । हाल संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेललाई त्यहाँबाट हटाएर सहसंयोजक बनाउने अठोट भट्टराईको छ  तर, यो प्रस्ताव अघि बढाउनासाथ उनका जनयुद्धदेखिका सहयोगीहरु सबै यसको विपक्षमा उभिएका थिए । भट्टराईले देवेन्द्रको प्रभाव पार्टीभित्र असिमित रुपले बढिरहेकाले अलिक साइजमा ल्याउन संगठन विभागबाट हटाएर बढुवा गरेको भ्रममा सहसंयोजक बनाउने पहल गरेका छन् ।
भट्टराईको यस्तो योजना सार्वजनिक हुनासाथ पार्टी संगठनमा प्रमुख भूमिकामा रहेका प्रायः सबैले विरोध गरेका छन् । यादवको पार्टीसँगको एकता भाँडिएको रनाहामा रहेका भट्टराई अब विवेकशील साझा पार्टीका संयोजक बन्लान कि बन्दैनन् त यो त समय आएपछि नै थाहा हुनेछ । भट्टराईलाई संयोजकका रुपमा भित्र्याउनकै लागि संयोजक बिना नै दुई पार्टीका अध्यक्षहरु सहसंयोजकमा बसेर पार्टी एकीकरण गरेका कुराले नयाँ शक्ति पार्टीमा खुब चर्चा पाएको छ । विवेकशील साझा पार्टीमा गएका पूर्व माओवादी तथा नयाँ शक्तिका समेत नेता रहिसकेका मुमाराम खनालकै निर्णायक दबावमा विवेकशीलका अध्यक्ष उज्वल थापा र साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पार्टीको दोश्रो तहको पदमा बसेको बताइएको छ ।
खनालले अध्यक्ष वा सांयेजक बिनाको साझा विवेकशील पार्टी कसरी बनाउन सफल भए । प्रमुख पदबिना नै पार्टी चल्नसक्छ भन्ने यो उनकै पहलमा भएको नयाँ प्रयोग गरिएको चर्चा छ । उता आफूले छाडिसकेको नयाँ शक्तिलाई पनि निश्चित धार समातेर योजनासहित अगाडि बढ्नबाट खनालको प्रयासले अल्झाइरहेको छ र अन्योल मात्र बढेको छ । तर, पार्टीभित्रैका केशब दाहाल र गंगा श्रेष्ठहरु समेत नयाँ शक्तिलाई साझा विवेकशीलमा विलय गराएर बाबुराम त्यसको अध्यक्ष बन्नुपर्छ भनी लागेका छन् । उनका हिजोदेखिका सहयोगी कुमार पौडेलदेखि पछि समेटिन आएका पासांग शेर्पाले समेत देवेन्द्रलाई पार्टी संगठन विभागबाट हटाने हो भने आफूहरुले पार्टीको कुनै जिम्मेवारी नलिने र निस्क्रिय बस्ने चेतावनी दिइसके ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: