×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाबुरामले प्रचण्डलाई भनेः कलियुगका कृष्णको लिला अपरम्परा छ !


काठमाडौं – नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराइले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘कलियुगका कृष्ण’ को संज्ञा दिएका छन् ।

यतिबेला प्रचण्ड चुनावी प्रचार अभियान लिएर मधेसमा छन् । उनले आफु मधेसका लागि सवैभन्दा बढि लडेको बताउँदै फेरी पनि मधेसका लागि लड्ने बाचा गरिरहेका बेला भट्टराईले उनीप्रति ब्यङगे गर्दै कलियुका कृष्णको संज्ञा दिएका छन् ।

‘चुनावको बेला मधेसँग लभ !, सत्ताका लागि बाह्यशक्तिसँग लभ !, कमिशनकानिम्ति एनसेल, गेजुवा, चुडामणिसँग लभ !’ भट्टराईले आफ्नो ट्वीटर पेजमा लेखेका छन् ‘कलियुगका कृष्णको लिला अपरम्परा छ !’

मतदात रिझाउन दाहाल रौतहटमा भन्ने कान्तिपुरको समाचार शेयर गर्दै भट्टराईले यस्तो टिप्पनी गरेका छन् । उनले चुनावका बेला मात्र मधेसँग प्रचण्डले लभ गर्ने, कमिशनका लागि एनसेल, गेजुवा र चुडामणिसँग मिलेको आरोप समेत लगाएका छन् । – एस काठमाडौँ

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: