×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्ततः राप्रपा (प्रजातान्त्रिक) ले ६ मन्त्रालय पायो (मन्त्री बन्नेहरुको नामसहित)

काठमाडौं – पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) अन्ततः सरकारमा सहभागी हुने निश्चित भएको छ ।
प्रजातान्त्रिकले ४ मन्त्रालय माग गरेकोमा २ राज्यसहित ६ मन्त्री पाउने भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने नेताको सूची तयार गरिसकेको छ ।
सरकारमा सहभागी हुनेबारे अध्यक्ष राणाले प्रधानमन्त्री देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।
राप्रपा (प्रजातान्त्रिक)बाट ४ मन्त्री र २ राज्यमन्त्री सरकारमा सहभागी हुनेछन् । राप्रपा (प्रजातान्त्रिक)ले सुनिलबहादुर थापा, बिक्रम पाण्डे, दीपक बोहोरा, रामकुमार सुब्बा र रेशम लामा मध्ये एकलाई सरकारमा पठाउने स्रोतले जनाएको छ । संभवतः राप्रपा प्रजातान्त्रिक भोलि नै सरकारमा सहभागी हुने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: