×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवाले चीनको प्रशंसा गरेपछि दिल्लीमा भुँइचालो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ भाद्र २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

देउवाले चीनको प्रशंसा गरेपछि दिल्लीमा भुँइचालो !

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी देश चीनको प्रशंसा गरेका छन् । उनले चीनले नेपालको सार्वभौमसत्ताको जहिले पनि सम्मान गर्ने गरेको बताएका हुन् ।
पाँच दिने राजकिय भ्रमणमा भारत गएका देउवाले चीनबाट नेपाललाई कुनै खतरा नभएको भन्दै उसले जहिले पनि नेपालको सार्वभौमसत्ताको सम्मान गरेको बताएका छन् ।
भारतिय जनता पार्टीका महासचिव राम माधवले नेतृत्व गरेको इन्डिया फाउन्डेसनले बिहिबार आयोजना गरेको कार्यक्रममा देउवाले नेपाल–चीन सम्बन्ध सदियौंदेखि असल भएको बताएका छन् । उनले चीन सरकारसंग नेपालको सम्बन्ध सुमधुर रहेको भन्दै नेपालले चीनबाट कहिले पनि समस्या भोग्नुनपरेको स्पष्ट पारे ।
इन्डिया फाउन्डेसनले दिल्लीको इम्पेरिकल होटलमा आयोजना गरेको नागरिक सम्मान समारोहमा भारतीय खाद्यमन्त्री रामविलास पासवानले उत्तरी छिमेकी चीनबाट नेपाल असुरक्षीत हुन सक्ने भनाई सार्वजनिक भएपछि देउवाले त्यसको कडा प्रतिवाद गरेका हुन् । देउवाले भने, ‘हाम्रो चीन असल छिमेकी मुलुक हो, चीनबाट हामीलाई कुनै समस्या झेल्नुपरेको छैन् ।’
प्रधानमन्त्री देउवाको भनाईपछि दिल्लीमा तरंग पैदा भएको छ । प्रधानमन्त्री देउवाबाट उक्त अभिव्यक्ति सार्वजनिक भएपछि परराष्ट्रमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुरलाई भारतीय अधिकारीले यसबारेमा गम्भिर चासो व्यक्त गरेका छन् । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: