×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेस माओवादी गठबन्धनलाई अझै सशक्त बनाउन अति आवश्यक – प्रधानमन्त्री देउवा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ प्रेस युनियनका पदाधिकारी र पत्रकार महासंघका पूर्व अध्यक्षहरुसंगको छलफलमा प्रधानमन्त्री एबम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्ना पत्रकार महासंघको चुनावमा पनि माओवादी सम्वद्ध पत्रकारहरुसँग मिल्न युनियनका पदाधिकारीलाई निर्देशन दिएका छन् । देउवाले कांग्रेस माओवादी गठबन्धनलाई अझै सशक्त बनाउन अति आवश्यक बन्दै गएको प्रतिक्रिया दिएका छन् ।
हामीलाई एमालेले जताततैबाट पेल्दै लागेको छ,त्यही पेलाइले दुइ चरणकै स्थानीय चुनावमा हामी पछाडी धकेलिनु पर्यो । देउवाले भने – कृपया तपाईहरु पत्रकार महासंघको चुनावमा माओवादीलाई नेतृत्व दिएर भए पनि मिल्नुस, एमालेलाई जित्न दिनु भएन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उक्त भेलामा सहभागी रहेका थिए । पौडेलले पनि एमालेको पकडबाट पत्रकार महासंघलाई मुक्त गर्नुपर्ने भन्दै एमालेले महासंघमा रहेर लोकतन्त्रवादीको नेतृत्व खोसेको आरोप लगाएका थिए । एमाले स्वार्थी भयो । सहमतिको कुरा गर्ने तर सहमतिमा धोखा दिने उसको चरित्र छ । बरु माओवादी आफ्नो बोलीमा टिकेका छन् – पौडेलले भने । तेश्रो चुनावमा पनि एमालेविरुद्ध गठबन्धन बनाउन निर्देशन दिएको प्रेस युनियन स्रोतले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: