×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डा.केसीको अवस्था नाजुक बन्दै, मृर्गौलामा समस्या देखिन शुरु, पछि अपांगताको खतरा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  डा. गोविन्द केसी अनसन बसेको आज १८ औँ दिन हो । उहाको स्वास्थ्य अवस्थ दिनानु दिन गम्भीर रुपमा बढ्दै गएको छ । सरकार र राजनैतिक दलले विगतमा आफूसँग गरेका सम्झौता उलंघन गरेको तथा चिकित्सा शिक्षा ऐनको विधयक एक वर्ष पुगिसक्दा पनि पारित नगरेको भन्दै केसी ११ औँ पटक अनशनमा बसेका हुन् । आज अनशनरत केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै, मृर्गौलामा समस्या देखिन शुरु भएको छ ।

बिहिबार संसद बैठकमा यसै बिषयमा स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मीले केसीको स्वास्थ्य गम्भीर बन्दै गएको जानकारी गराएका छन् । उनले भने – अहिले उहाँको मुटुको चाल बढेको छ, उहाँको रगतमा आवश्यक तत्वको कमी र अनावश्यक तत्व बढ्दै गएको छ, यस्तो अवस्थामा उहाँलाई एन्टिबायोटिक चलाउनुपर्ने अवस्था छ तर उहाँले मान्नुभएको छैन । केसीको मृर्गौलामा समस्या देखिन शुरु भएको छ यस्तै अवस्था बढ्दै गएमा अनशनपछि अपांगताको खतरा हुन सक्ने सचिव रेग्मीले जानकारी गराए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: