×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राधिकरणद्वारा पुन: १०५ कर्मचारीको सरुवा, कोको परे त सरुवामा?



काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले फेरी पनि आफ्ना कर्मचारीहरु ब्यापक मात्रामा सरुवा गरेको छ। बढी चुहावट हुने वितरण केन्द्रका प्रमुखसहित प्राधिकरणले सहायक प्रवन्धक, उपप्रवन्धक र इञ्जिनियरहरुको सरुवा गरेको हो ।

बढी विद्युत चुहावट हुने केन्द्रमा सक्षम मानिएका इन्जिनियर र व्यावास्थापकहरुलाई पठाइएको र त्यहाँ रहेकालाई अन्यत्र खटाएको प्राधिकरणले बताएको छ। यसपटक अधिकांश वितरण केन्द्र प्रमुख नै सरुवा भएका छन् । यसअघि एकैपटक २५ सय कर्मचारीको सरुवा गरेको प्राधिकरणले दोस्रोपटक १ सय ५ जना कर्मचारीको सरुवा गरेको छ । अधिकांश वितरण केन्द्रका प्रमुखहरुलाई नै सरुवा गरेर प्राधिकरणले नयाँ नेतृत्वलाई त्यहाँ पठाएको छ ।
प्राधिकरणले यसलाई नियमित सरुवा भनेको छ । एकै स्थानमा लामो समयसम्म कर्मचारी बसिरहँदा कार्यक्षमतामा ह्रास आउने भएकाले उनीहरुलाई प्रोत्साहान स्वरुप नयाँ स्थानमा पठाइएको प्राधिकरणले जनाएको छ ।
कोको परे त सरुवामा?

– एस काठमाडौँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: