×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकले गर्यो बाढी पीडितलाई ६५ लाख सहयोग


काठमाडौँ – तराई तथा मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी पहिरो पिडितलाई तत्काल राहत पुर्याउनका लागि ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हस्तान्तरण गरेका हुन् ।
कुल रकममध्ये बैंकले आफ्नो तर्फबाट ५१ लाख रुपैयाँ तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब बराबर हुनआउने १४ लाख रुपैयाँ गरि कुल ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरेको हो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल लगायतको उपस्थिति रहेको थियो ।
बैंकले बाढी पहिरो पिडित व्यक्तिहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउन चाहनेहरुले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष, सिंहदरबारको नाममा खाता खोलेर सहयोग संकलन गरिरहेको छ । बैंकको ज्ञानेश्वर शाखामा खोलिएको खाता नम्बर ०४११०१००००००५ मा बैकका सम्पूर्ण शाखाहरुबाट रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको समेत व्यहोरा जानकारी गराउदछौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: