×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सावधान ! सुनको गहनामा हुन्छ यस्तो मिसावट

बजारमा सुनचाँदीको गहनामा पुन मिसावट भेटिन थालेको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा यस्तो फेला परेको हो ।
अनुगमन टोलीले पोखराका केही गहना पसलमा अनुगमन गरेको थियो ।
त्यसक्रममा औंठी, टप, लकेट, रिङ लगायत गहनाका नमुना संकलन गरी नापतौल विभागमा परीक्षण गरिएको थियो ।
परीक्षणको क्रममा गहनामा मिसावट भएको फेला परेको हो ।
२.२ ग्रामको गोलो टप परीक्षण दर्गा ९५.८७२ प्रतिशत मात्रै शुद्धता फेला परेको थियो ।
बाँकीमा चाँदी, तामा, पित्तलको मिसावट रहेको पाइएको छ ।
यस्तै १.९२ ग्रामको औंठी परीक्षण गर्दा ९५.९२४ मात्रै सुन थियो ।
२.९८ ग्रामको रिङ परीक्षण गर्दा ९६.८७५ प्रतिशत सुन भेटिएको थियो ।
१.३८ ग्रामको लकेटमा भने मापदण्डअनुसार सुद्धता रहेको पाइएको छ । उक्त लकेटमा ९९ प्रतिशत सुन रहेको थियो ।
जानकारहरुका अनुसार ९८ प्रतिशतसम्म सुनलाई शुद्धता नै मानिन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: