×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डले किन गरे हेडक्वार्टर विघटन ? पत्ता लाग्यो कारण

काठमाडौं – सचिवालयलाई सशक्त बनाउने भन्दै नेकपा माओवादी केन्द्रले केन्द्रीय हेडक्वार्टर विघटन गरेको छ । २०७३ जेठमा विभिन्न पार्टीसँग एकता गर्दै माओवादी केन्द्रले ३३ सदस्यीय हेडक्वार्टर गठन गरेको थियो । जसलाई पार्टीको सबैभन्दा माथिल्लो अंग बनाइएको थियो । 
माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा आइतबारको बैठकले केन्द्रीय कार्यालय (हेडक्वार्टर) विघटन गर्ने निर्णय गरेको थियो । हेडक्वार्टरको सट्टा अब सचिवालयलाई सशक्त बनाउने माओवादी केन्द्रको निर्णय छ ।
विभिन्न माओवादी घटकको एकतापछि ३३ सदस्यीय सबैभन्दा माथिल्लो पार्टीको निकायको रुपमा केन्द्रीय कार्यालय बनेको थियो । त्यस्तै, ९९ सदस्यीय सचिवालय तथा २ सय ९९ सय सदस्यीय पोलिटब्यूरो गठन भएको थियो ।
माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य समेत क्रमशः विस्तार हुँदै अन्तिम समयसम्म चार हजार ९ सय ९९ सदस्यीय गठन भएको थियो । माओवादीले दुई अंकको आयोजक समिति गठन गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा केन्द्रीय कार्यालय भंग गरेको हो ।
विघटित केन्द्रीय कार्यालय सदस्य मणि थापाले ३३ सदस्यीय केन्द्रीय कार्यालयलाई ९९ रुपान्तरण गरिएको बताए । विभिन्न पार्टीहरुसँग एकताका क्रममा नेतृत्वमा समानता ल्याउन केन्द्रीय कार्यालयलाई सचिवालयमा रुपान्तरण गरिएको उनको भनाइ छ ।
यसअघि हालै बसेको सचिवालय बैठकले करिब चार हजार सदस्यीय आयोजक समिति भंग गर्ने र दुई अंकको बनाउने निर्णय गरेको थियो । बैठकले सात प्रदेशबाट दुई अंकको आयोजक समिति बनाउने एजेण्डालाई अनुमोदन गराएर कार्यान्वयन गर्ने निर्णय गरेकोमा १ नम्बर प्रदेश बाहेकका प्रदेशबाट अनुमोदन समेत भईसकेको छ । 
अब प्रदेश एकको बैठकले दुई अंकको आयोजक समिति बनाउने सचिवालयको निर्णय अनुमोदन गरेसँगै दुई अंकको आयोजक समिति गठनका लागि माथिल्लो निकायलाई बाटो खुल्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: