×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दुवै चरणको निर्वाचनमा पहिलो एमाले अब तेस्रो चरणमा पनि पहिलो हुन्छ – पूर्वप्रधानमन्त्री खनाल

  • अर्थ सरोकार सम्बाददाता 

इलाम – इलामको कोल्बुङमा सोमबार कार्यक्रम भएको छ । कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि उपस्थित रहनु भएका थिए । उक्त कार्यक्रममा बोल्दै खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताएका छन् । उनले मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको बताएका छन् । नेता खनालले भने – स्थानीय तहको दुवै चरणको निर्वाचनमा एमाले पहिलो भएको छ, अब तेस्रो चरणमा पनि एमाले पहिलो हुन्छ ।
प्रदेश नं २ मा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर बढ्दै गएको बताउँदै खनालले भने – त्यहाँ पनि एमाले पहिलो पार्टी बन्नेछ, अब एमालेको विजय यात्रालाई कसैले छेकेर छेक्न सक्दैन । उनले मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको बताए । उनले कार्यकर्तामाझ संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन नै स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुन गइरहेको बताए । 
निर्वाचन हुन नदिन विभिन्न षडयन्त्र भइरहेको बताउँदै प्रदेश र संघको निर्वाचन मिति तोक्न ढिलाइ गरेकाका कारण आफ्नो पार्टीको आपत्ति रहेको उनले धारणा राखेका  छन् । चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्दै पर्यटनका सम्भावनायुक्त जिल्ला भएकाले इलाममा विकास निर्माणमा तीव्रता दिनुपर्ने समेत पूर्वप्रधानमन्त्री खनालले बताएका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: