×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राणाले गरे राप्रपा पार्टी कार्यालय कब्जा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  –   काठमाडौँको चावहिलमा रहेको राप्रपा नेपाल पार्टीको केन्द्रीय कार्यालयमा सोमवार राप्रपा प्रजातान्त्रिको बैठक चलिरहेको छ । उक्त पार्टी कार्यालयको सो घरमा पनि विबाद छ ।  राप्रपाका अध्यक्ष  कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पशुपति शमशेर राणाका  समूहले आइतवार छुट्टै पार्टी गठन गरेका थिए । बैठक भैरहेकै समयमा  शमशेर राणा नेतृत्वमो राप्रपा प्रजातान्त्रिकले साविकको राप्रपा कार्यालयलाई कव्जामा  लिएका छन् । 
मंसिरमा पार्टी एकीकरण भएपछि राप्रपा अध्यक्ष थापाले चावहिलमा रहेको पार्टी कार्यालयमा गएर पदभार ग्रहण गरेका थिए । राणाले उक्त चावहिलमा रहेको कार्यालयको जग्गा दान गरेका थिए । र सो जग्गामा  राप्रपाको पार्टी कार्यालय बनेको थियो ।  राप्रपा एकीकरण भएपछि धुम्बराहीमा रहेको राप्रपा नेपालको कार्यालयमा रहेको कमल थापाको कार्यकक्ष चावहिलमा सारिएको थियो ।  तर  राणा समूहले कव्जा जमाएपछि कमल थापा राप्रपा नेपालको पुरानो कार्यालय रहेको धुम्बराही फर्केका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: