×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ओली – एमाले जनप्रतिनिधिले मात्र मधेसको साक्षरता दर र महिला हिंसा अन्त्य गर्न सक्छ

  • अर्थ सरोकार सम्बाददाता 

इलाम – मंगलबार प्रदेश नम्बर १ मा संगठन कमिटिले इलामममा कार्यक्रमआयोजना गरेको छ । उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै केपीले एमाले जनप्रतिनिधिले मात्र मधेसको साक्षरता दर र महिला हिंसा अन्त्य गरी मुहार फेर्ने दावी गरेका छन् । र उनले त्यसै गरी  प्रशान्त महासागरमा पानीजहाज र रेल कुदाएरै छोड्ने बताएका छन् ।

कार्यक्रममा प्रदेश नं २ मा असोज २ गते हुन  गईरहेको  तेस्रो चरणको निर्वाचनमा हुने एमालेले स्पष्ट बहुमत ल्याउने ओलीले बताएका छन् । एमाले जनप्रतिनिधिले मात्र मधेसको साक्षरता दर र महिला हिंसा अन्त्य गरी मुहार फेर्ने बताएका छन् । ५ गतेसम्म सञ्चालन हुने कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायतले प्रशिक्षण दिँदै छन् । कार्यक्रममा एमालेबाट निर्वाचित प्रदेश नं १ का ३ सय बढी जनप्रतिनिधिहरुको सहभागिता छ ।
एमालेले सरकारको नेतृत्व गरेर नेपालले मंगोलिया र स्विजरल्यान्ड जस्ता भूपरिवेष्ठित देशले प्रशान्त महासागरमा पानी जहाज र रेल कुदाएरै छाडने ओलीले बताएका छन् । उनले नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग नभएको बताए । उनले भने नीतिगत प्रतिस्पर्धा गर्न नसकेपछि प्रतिपक्षीले एमालेले ल्याएका एजेन्डाहरुको कुप्रचार गर्दै जनतालाई अलमलमा पार्ने भन्दै निर्वाचित जनप्रतिनिधिलाई संयमित रहन आग्रह गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: