×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् प्रचण्डसँग बार्गेनिङ गर्न मोहन बैद्यसँग छुट्टिएर अर्कै पार्टी खोल्ने ठमानसिंह !

काठमाडौ – मोहन वैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तकारी) बाट अलग्एिर एउटा समूहले नयाँ पार्टी गठन गरेको छ । विद्रोह गरि उक्त समूहले नेपाल माओवादी पार्टी गठन गरेको हो ।
विद्रोही समूहले आज राजधानीमा राष्ट्रिय भेलाको आयोजना गरि ठमानसिह तमाङको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति गठन गरि नेपाल माओवादी केन्द्र बनाएको छ ।
सो समुहले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग बार्गेनिङ गर्न वैद्यको पार्टीबाट असार २५ गते विद्रोह गरि २९ सदस्यीय माओवादी राष्ट्रिय युवा संयोजन समिति गठन गरेको थियो । सोही समितिले भेला गरि पार्टी गठन गरेको औपचारिक घोषणा गरेको सो पार्टीका वरिष्ठ नेता रामबहादुर बस्नेले जानकारी गराए ।
सो पार्टीले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग एकीकरण गर्ने तयारी पनि थालेको छ । नव गठित नेपाल माओवादी पार्टीका अध्यक्ष तमाङ्गले माओवादी केन्द्रका विभिन्न तहका नेताहरुसँग छलफल चलिरहेको छ, आफूहरुले मात्र होइन, फुटेका अन्य दलहरुलाई मिलाउने प्रयास आफूहरुको रहने समेत बताए ।
अहिले आएर मोहन वैद्यले चालेको कदम गलत र प्रचण्डको कदम सही सावित भएको बताउँदै तामाङले अलग भएर माओवादी कमजोर भएको र अब सबै एकजुट हुनुपर्ने मिसन आफूहरुको हुने उनले बताएका छन् ।
सो पार्टीले १३ सदस्यीय पार्टी प्रदेश सदस्य गठन गरेको छ भने मेखबहादुर खत्रीलाई केन्द्रीय सल्लाहकारका रुपमा राखिएको छ । ३० सदस्यीय डिसिएम, २७ सदस्यीय एसीएम र १ सय १५ सदस्यीय पीएम गठन गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: