×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दिल्लीमा फेरिए नेपाली चेहेरा, फेरिएन भारतीय अडान


काठमाडौं – संविधान जारी भएको अढाई बर्षमा नेपालका तीन प्रधानमन्त्रीले लगातार भारत भ्रमण गरे । भारत भ्रमण गर्ने नेपाली प्रधानमन्त्रीको चेहेरा फेरियो तर भारतको अडान भने फेरिएन । संविधान जारि भएका बेला भारतले असन्तुष्टी जनाउँदै अपराधजन्य कार्य नाकाबन्दी समेत गरेको थियो ।
संविधान जारी गर्दा भारतले आफ्नो विशेष दूत नै पठाएर रोक्न खोजेको थियो । तर भारत ठाडो हस्तक्षेपबिरुद्ध नेपाली नेताहरु एक ठाउँमा आए र लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरे । संविधान जारी गरेलगतै तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएभने, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने ।
ओली प्रधानमन्त्री बनेपछि पहिलो आफ्नो विदेश भ्रमण भारतबाटै थाले । संविधानको बिषयलाई लिएर भारतीय प्रधानमन्त्री मोदीले भ्रमण पाहुना ओलीलाई संशोधनको प्रस्ताव गरे । तर ओलीले मानेनन्, जसको परिणाम दुई देशका प्रधानमन्त्रीबीचको संयुक्त बक्तब्य आउन सकेन ।
ओलीपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बन्दा भारतीय अफिसियल मिडियाले भारतीय पक्षधर नेपाली प्रधानमन्त्री भन्नेसम्मको शब्दावली प्रयोग गरे । दाहालको भारत भ्रमणमा पनि मोदीले संविधानकै चर्चा गरे । संविधान संशोधन गर्ने प्रतिबद्धता पनि तत्कालिन प्रधानमन्त्री दाहालले जनाए । तरपनि नेपालमा संविधान संशोधन भएन ।
दाहालको राजीनामा पछि अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । उनलाई पनि भारतीय प्रधानमन्त्री मोदीले संविधान संशोधन गर्न आग्रह गरेका छन् । जवाफमा देउवाले एक पटक असफल भइसकेको संविधान संशोधनको प्रक्रिया पुन थाल्ने बताएका छन् ।
अब प्रश्न उठ्छ, संविधान संशोधनको मुद्दा मधेस केन्द्रीत दलको हो या भारतको ? तीन जना प्रधानमन्त्री भारत पुग्दा मोदीले एउटै प्रस्ताव र संविधान संशोधन गर्न आग्रह गरेका छन् । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: