×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजनीतिज्ञ र सरकारी कर्मचारीहरुलाई राष्ट्रिय ध्वजाबाहक जहाज चढ्न निर्देशन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ श्रावण २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

राजनीतिज्ञ र सरकारी कर्मचारीहरुलाई राष्ट्रिय ध्वजाबाहक जहाज चढ्न निर्देशन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – बुधबार बसेको व्यवस्थापिका-संसद सार्वजनिक लेखा समितिले अबदेखि मन्त्री, सांसद र सरकारी कर्मचारीहरुले निजी कम्पनीका बिमान चढ्न नपाउने भएका छन् । समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिक पदाधिकारी र राज्यकोषबाट तलब सुविधा लिने कर्मचारीलाई राष्ट्रिय ध्वजाबाहक जहाज नै चढ्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
नेपाल वायु सेवा निगमको व्यवसायिक क्षमता अभिवृद्धि गराउन त्यस्तो व्यवस्था गर्न लागिएको समितिले जनाएको छ ।  राजनीतिज्ञ र सरकारी कर्मचारीहरुलाई नेपाल वायु सेवा निगमकै जहाज चढ्न निर्देशन दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवको प्रस्तावमा समितिले यस्तो निर्णय गरेको हो । मन्त्री देवले भारतमा पनि सरकारी कर्मचारीलाई इण्डियन एयरलायन्स मात्रै प्रयोग गर्ने अनुमति रहेको बताउँदै नेपालमा पनि त्यस्तै व्यवस्थाका लागि समितिले निर्देशन दिनुपर्ने धारणा राखेका थिए । राजनीतिज्ञ र सरकारी कर्मचारीहरुलाई नेपाल वायु सेवा निगमकै जहाज चढ्न निर्देशन दिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: