×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आयोगद्वारा भदौ १ भित्रै दुवै निर्वाचनको मिति तोक्न सरकारलाई निर्देशन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  –  निर्वाचन आयोगले यसअघि असार मसान्तभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन कानुन, साउन १५ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन र साउन १६ गते निर्वाचन मिति घोषणा हुनुपर्ने समयसीमा दिएको थियो । तर, सरकारले साउन ८ मा मात्रै क्षेत्र निर्धारण आयोग गठन गरेपछि आयोगले आफ्नो कार्यसूची संशोधन गर्दै साउन मसान्तसम्म बढाएको छ । आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति यही भदौ १ गतेभित्रै तोक्नका लागि सरकारलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीलाई भेटेर निर्वाचन कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटै होस् भन्ने तर्फ आयोग पदाधिकारीको टोलीले ध्यानाकर्षण गराएका छन् । आयोगले यसअघि नै असोज ३० गते प्रदेशसभा र मंसिर पहिलो साता प्रतिनिधिसभा निर्वाचन गराउनुपर्ने प्रस्ताव सरकारलाई गरिसकेको छ । आगामी माघ ७ भित्र सबै तहका निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । 
जाडो बढ्न थालेपछि सबै क्षेत्रमा निर्वाचन सम्पन्न गराउनका लागि असहज अवस्था सिर्जना हुनसक्ने ठहर गर्दै आयोगले मङ्सिर पहिलो साताभित्र सबै निर्वाचन गरिसक्न सरकारलाई सुझाएको हो । असार १४ मा दोस्रो चरणको स्थानीय तह निर्वाचन भएलगत्तै आयोग पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समयतालिका प्रस्ताव गर्दै त्यसका लागि सरकारबाट गर्नुपर्ने कामका बारेमा ध्यानाकर्षण गराएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: