×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तपाई विना पार्टी, म तपाई विना हामी दुवै अधुरा छौ – प्रचण्डले भने

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – अस्पतालबाट डिस्चार्ज भएपछि आराम गरिरहेका सहकर्मी तथा नयाँ शक्ति नेपालका संयोजक  डा. बाबुराम भट्टराईलाई भेट्न शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टोखा स्थित निवासमा पुगेका छन् । २ घण्टा लामो छलफल पछि प्रचण्डले २५ बर्ष सहयात्रा गरेका डा.भट्टराईलाई पार्टीमा फर्किन आग्रह गरेको स्रोतले जनाएको छ । प्रचण्डले भने – तपाई विना पार्टी, म तपाई विना र हामी दुवै अधुरा छौ ।  

प्रचण्डले बैद्य पनि फर्किन तयार भएको र नेत्रबिक्रम चन्द बिप्लवसँग पनि छलफल चलिरहेको भट्टराईलाई बताएका छन् । हाम्रो मिशन अझै पुरा भएको छैन, प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दालाई निस्कर्षमा पुराउन पनि तपाई पार्टीमा फर्किन आवश्यक छ – प्रचण्डले भने । दाहालले पार्टीमा फर्किन आग्रह गरेपनि भट्टराइले तत्काल फर्किने सम्भावना नरहेको बताए । दुई पार्टीबीचको एकता आवश्यकता भएपनि माओवादी केन्द्रले लिएको अहिलेको नीति ठिक नभएको भट्टराईले बताएका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: