×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनावी रेसकोर्षमा प्रचण्ड, देउवा र ओली विदेश

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दिने भारत भ्रमण सकेर आइतवार राति राजधानी फर्किए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित उपचारका लागि थाइल्याण्ड पुगेका छन् । यहीबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी दौड सुरु गरेका छन् ।
देउवा भारत र ओली थाइल्याण्ड भएका बेला प्रचण्डले प्रदेश दौडाह सुरु गरे । ३ नम्वर प्रदेशको काठमाडौंबाट सुरु भएको उनको दौड, ४, ५, ६, ७ सकेर सोमवार १ नम्वर प्रदेशतिर पुगेका छन् । पोखरा, नेपालगन्ज, सुर्खेत र महेन्द्रनगर पुगेका दाहाल आज भावी चुनावको रणनीति बनाउन विराटनगर पुगेका छन् ।
केन्द्र र प्रदेशको निर्वाचन मिति तोके लगतै प्रचण्ड सक्रिय भएका हुन् । निर्वाचनको मिति तोके लगतै जहिलेपनि एमाले चुनावी दौडमा पहिलो हुने गरेको थियो । तर यसपटक बाजी प्रचण्डले पारेका छन् । कांग्रेस र एमालेबीच २ नम्वर प्रदेशको स्थानीय निर्वाचनतिर ध्यान गइरहेका बेला प्रचण्डले भने प्रदेश र केन्द्रको निर्वाचन तयारी थालेका छन् ।
प्रदेशहरुमा पुगेर दाहालले पार्टी प्रशिक्षण कार्यक्रम मात्र सञ्चालन गरेका छैनन्, आफुले जित्न सक्ने क्षेत्रको पनि आँकलन गरिरहेका छन् । जित्न सक्ने ठाउँमा एक्लै भिड्ने, नसक्ने ठाउँमा कांग्रेस वा अन्य दलसँग सहकार्य गर्ने उनको योजना छ ।
प्रदेशमा पुगेर दाहालले सम्भावित उम्मेद्धारको नामावली पनि संकलन गरेका छन् । कतिपय उम्मेद्धारलाई चुनावी तयारी थाल्न निर्देशन समेत दिइसकेका छन् । प्रदेश नम्वर ६ का तीन उम्मेद्धारललाई चुनावी तयारी थाल्न निर्देशन दिएको स्रोतले बतायो ।
नेकपा एमालेले पनि चुनावी तयारी थालेको छ । प्रदेश र केन्द्रका लागि एमालेको चुनावी तयारी अझै जनतामाझ पुगिसकेको छैन । पार्टी मुख्यालयमै नेताहरुले योजना बनाइरहेका छन् । नेपाली कांग्रेसले प्रदेश नम्वर २ मा उम्मेद्धार समेत टुंगो लगाउन सकेको छैन । – एस काठमाडौँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: