×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महान्यायधीवक्ता रमण श्रेष्ठद्वारा देउवासमक्ष राजिनामा, प्रधानमन्त्रीको सल्लाहबमोजिम आफू पदमा बसिरहेको भनाइ

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायधीवक्तामा सिफारिस गरेका महान्यायधीवक्ता रमण श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजिनामा बुझाएका छन् । प्रचण्डले प्रधानमन्त्री छोडेपछि श्रेष्ठले राजिनामा दिनु पर्ने थियो । तर आफुले अहिले सम्म प्रधानमन्त्रीको सल्लाहबमोजिम आफूले राजिनामा बुझाउन ढिला गरेको बताएका छन् ।

प्रचण्ड प्रधानमन्त्रीबाट हटिसकेपछि पनि श्रेष्ठ लामो समयसम्म पदमै बसिरहेका थिए । नयाँ प्रधानमन्त्रीको देउवा संगको परामर्श र सल्लाहमा नै आफु पदमा बसिरहेको उनले स्पष्ट पारेका छन् । पुष्पकमल दाहालले राजीनामा दिएपछि समेत अर्को प्रधानमन्त्रीको कानुनी सल्लाकार बनेर श्रेष्ठले नयाँ नजीर स्थापना गरेका छन् । उनको पालामा सरकारी वकिलहरुको क्षमता विकास, मुद्दा अभियोजन व्यवस्थित बनाउने तयारी, प्रहरी र सरकारी वकिलबीच समन्वयकारी संयन्त्र निर्माण गरेका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: